किरातीलाई मुख्य मन्त्री बनाउन सहयोग समिति गठन

काठमाडौं १९ भदौ- मोर्चाको भदौ १६ र १७ गते काठमाडौ कोटेश्वर स्थित पेरिसडाँडामा बसेको पदाधिकारी र सल्लाहकारहरुको बैठकले १ नम्बर प्रदेशको मुख्यमन्त्री गोपाल किरातीलाई बनाउने पार्टीको निर्णयलाई स्वागत गर्दै सहयोग समिति गठन गरेको छ ।

पार्टीको १ नम्बर प्रदेश सचिवालय समितिले पार्टी केन्द्रीय कार्यालय सदस्यत तथा १ नम्बर प्रदेश इन्चार्ज किरातीलाई मुख्य मन्त्री बनाउने निर्णय गरेको थियो । मोर्चाले पार्टीको निर्णयको स्वागत गर्दै उपाध्यक्ष मानबहादुर राईको संयोजकत्वमा सहयोग समिति गठन गरेको छ ।

सहयोग समिति ३ नम्बर प्रदेशमा जयप्रकाश राई र १ नम्बरमा राकेश किरातीको संयोजकत्वमा समिति गठन भएको महासचिव अर्जुन किरातीले बताए । समितिले प्रचारप्रशार, आर्थिक तथा किराती जिताउँ अभियानहरु सञ्चालन गर्ने संयोजक मानबहादुर राईले बताए ।

किरात पार्टीसँग एकता
मोर्चाको बैठक मार्फत किराती राष्ट्रिय मुक्ति मोर्चा र मानबहादुर राईको नेतृत्वमा रहेको किरात पार्टीबीच एकता गरेको छ । एकतापछि मानबहादुर राईलाई उपाध्यक्ष, वाङचुङ किरातीलाई सचिवमा मनोनयन गरिएको मोर्चाको अध्यक्ष राजन किरातीले बताए । किरात पार्टीबाट आएका बिमला राई, रेखा राई, हरिसचन्द्र राई, आबुङ्ग चाम्लिङ र गीता तिलुङलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको अध्यक्ष किरातीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *