किराती राष्ट्रीय मुक्ति मोर्चाको चौथो महाधिबेसन खोटाङ्गमा,कार्यक्रमको अन्तिम तयारी

ईन्द्र जिजीविषा-पौष ९ खोटाङ्ग, किराती राष्ट्रीय मुक्ति मोर्चाको चौथो महाधिबेसन माओबादी केन्द्रका संगठन विभाग प्रमुख रामबहादुर थापा बादलको प्रमुख आतिथ्यमा खोटाङ्गमा हुने भएको छ ।

नेकपा माओबादी (केन्द्र) निकट किराती राष्ट्रीय मुक्ति मोर्चाको कार्यक्रम आगामी पौष १६ र १७ मा खोटाङ्गको सदरमुकाम दिक्तेल नगरपालिकामा हुने भएको हो ।

मोर्चाको कार्यक्रम खोटाङ्गमा हुने भएपछि,जिल्लामा कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको जनाइएको छ ।

जिल्लामा अरुणा राई (दिक्षा)को संयोजकत्वमा आर्थिक संकलन प्रवचन राईको संयोजकत्वमा प्रचार प्रसार खगेन्द्र राईको संयोजकत्वमा ब्याबस्थापन र  मिलन राईको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन गरिएको जानकारी सूचनाखबरलाई दिइएको छ ।

महाधिवेशनमा पोलिटब्युरो सदस्य देव गुरुङ, स्थायी समिति सदस्यद्वय गोपाल किराती र सुरेश आलेमगरले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *