किरात येले संंवत् ५०७८ को उपलक्ष्यमा किरात राई यायोक्खाको शुभकामना तथा चियापन कार्यक्रम सम्पन

काठमाडौ १ माघ- किरात येले संंवत् ५०७८ र माघे सक्रान्तीको अवसरमा किरात राई यायोक्खा केन्द्रीय समितिले साेमबार काठमाडौंको कोटेश्वरस्थित यायोक्खा कार्यालय प्राङ्गनमा तरुलपान तथा शुभकामना आदान-प्रदान कार्यक्रम गरेकाे छ ।

कार्यक्रममा वक्ताहरुले येले संवतको शुभकामना दिदै येले संवतबारे अझै गहन अनुन्धान गर्नुपर्नेमा जोड दिएका छन् । कतै ३०९७ त कतै ५०७८ भएकोले तथ्य निष्कर्ष निकालेर एउटै संवतलाई मात्रै आधिकारीक घोषणा गरिनु पर्नेमा वक्ताहरुले जोड दिए ।

कार्यक्रममा बोल्दै नव निर्वाचित प्रदेश सभा सदस्य राम कुमार राई पासांगले भने ” किरातीहरु दिन दिनै टुक्रिदै गईरहेको छ । कुलुङ्ग, याख्खा, चाम्लिङ्ग बान्तावा, थुलुङ्ग यस्तै नाममा दर्ता हुदै गईरहेको छ । यसरी अलग हुदै जाने हो भने हामी अल्पशंख्यकमा पर्छौ र अल्पशंख्याकमा परेपछि हाम्रो उदेश्य कहाँ पुराहुन्छ ?

यस्तै कार्यक्रममा पुर्व मन्त्री तथा यायोक्खाका संस्थापक सदस्य गोपाल किरातीले ” अब २ नम्बर प्रदेशमा त्यहाँको दुई तिहाइ बहुमतले मधेस सरकार बन्दैछ । यो खुसीको कुरा नै हो । तर दुई नम्बर प्रदेशमा मधेस सरकार बन्दा एक नम्बर प्रदेशमा किरात राज्य किन नहुने ? यसको लागि हामीले पहल गर्नु पर्छ भने ।

यायोक्खाले आयोजना गरेको येले संवत् शुभकामना कार्यक्रममा जयकुमार राई, मणिकुमार राई, वीरबहादुर राई लगायत राजनीतिक, प्रशासनिक, सामाजिक क्षेत्रका अगुवा किरातीहरु सहभागी भएका थिए ।

यायोक्खा उपाध्यक्ष अशोक दुमी राईको अध्यक्षतामा भएको कार्यक्रमलाई किराती संस्कृति र शैलीमै सम्पन्न गरिएको थियो भने कार्यक्रमका सहभागीहरुलाई स्वागत तथा सम्मानस्वरुप लिमचिङ बुङ (लेखमा पाईने एक प्रकारको फूल) प्रदान गरिएको थियो ।

कार्यक्रमको समापनपछि किराती संस्कृतिमा आधारित सेल रोटी, खिना (घर तरुल), सुगुरको भुटेको मासु, गुन्द्रुकको अचार र कोदोको रक्सी खाने व्यवस्था गरिएको थियो ।

किरात यायोक्खाको चियापान कार्यक्रम उद्घाटनमा यस्तो देखियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *