किरात राईहरुको उधौली र किरात लिम्बुहरुको चासोक तङनाम भव्यताका साथ् सम्पन्न

ईन्द्र जिजीबिषा / काठमाडौ १७ मंसिर-किरात राईहरुको महान पर्व उधौली पर्व र किरात लिम्बुहरुको चासोक तङनाम अर्थात न्वागी पूजा आजबाट सुरुवात भएको छ । काठमाडौमा वसोवास गर्दै आएका किरात राईहरुले ललितपुरको हातिवानामा बिहान पुजा गरेर दिउसो नखिपोटको ग्राउण्डमा धुमधामका साथ् मनाए भने किरात लिम्बुहरुले हातिवनस्थित किरात माङ्गहिममा भेला भएर धान नाच्दै, विभिन्न कार्यक्रमहरु गरेर भव्यताको साथ मनाएका छन् ।

उधौली चाडलाई लिम्बुहरूले चासोक तङनाम, राईहरूले साकेला, याख्खाहरूले चासुवा र सुनुवारहरूले फोलस्याँदर भन्दछन् । किराँत समुदाय भित्र विभिन्न जातिहरू रहेकाले जाति, स्थान र संस्कार अनुसार यो पर्व फरक-फरक तरिकाले मनाउने गरिन्छ । किराँत समुदायमा अन्नबाली लगाउने बेला बैशाख पूर्णिमामा उभौली मनाउने चलन छ ।

यो चाड हरेक वर्ष मंसिर पूर्णिमाका दिनबाट सुरु हुने उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ ।

यसै अवसरमा ललितपुरको नखिपोटमा आयोजित कार्यक्रममा मौलिक भेषभूषामा सजिएका किराँत राई युवा युवतीहरु परम्परागत बाजा बजाउँदै साकेला नाचेर पर्व मनाए ।

किरात राई यायोख्खा काठमाडौंको अनुसार आउदो शनिबार २३ गते काठमाडौको टुडिखेलमा विशेष साकेला नाच्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *