किरात राई पत्रकार संघ केन्द्रिय कार्यसमितिद्वारा गोपाल छाङ्छालाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौ- वरिष्ठ पत्रकार तथा छहारा साप्ताहिकका प्रकाशक एवं सम्पादक गोपाल छाङ्छालाई किरात राई पत्रकार संघ केन्द्रिय कार्यसमितिले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । स्पाईनलको बिरामी रहेका पत्रकार राईलाई, किरात राई पत्रकार संघ केन्द्रीय कार्यसमितिद्वारा संकलित ४६ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

पत्रकार राईको छहरा साप्ताहिक कार्यालयमै पुगेर किरात राई पत्रकार संघका अध्यक्ष दिपेन्द्र राईले सो रकम हस्तान्तरण गरेका हुन् । संघले सामाजिक सञ्जाल फेसबुकबाट चलाएको अभियानमा सहयोग गर्नुहुने सबैलाई किरात राई पत्रकार संघका अध्यक्ष दिपेन्द्र राईले धन्यवाद दिएका छन् । संकलन गर्न बाँकी रहेका रकमसमेत यथाशीघ्र संकलन गरी हस्तान्तरण गरिने किरात राई पत्रकार संघका अध्यक्ष दिपेन्द्र राईले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *