किरात राई यायोखा कुवेत लगायत कुवेतका चार वटा संस्थाले नेपालका बाढिपिडितको लागी राहत सहयोग संकलन गर्ने

कोशराज राई- अगष्ट १३, कुवेत । देशभर भएको अबिरल बर्षा र त्यसबाट आएको बाढी पहिरो लगायतको प्राकृतिक प्रकोपद्वारा भएको जन धनको क्षति प्रति दु:ख प्रकट गर्दै कुवेतबाट चारवटा संस्थाहरु किरात राई यायोक्खा कुवेत, खोटाङ कुवेत सम्पर्क मञ्च, भोजपुर सेवा समाज कुवेत र मोरङ सुनसरी सेवा समाज कुवेतले संयुक्त रुपमा बाढी पीडित राहत सहयोग अभियान संचालन गर्ने निर्णय गरेको छ ।

चार वटै संस्थाका अध्यक्षहरुको आपतकालीन अनलाईन बैठकबाट निर्णय गरी मन्जित राईको संयोजकत्वमा किरात राई यायोक्खा कुवेत, खोटाङ कुवेत सम्पर्क मञ्च र भोजपुर सेवा समाज कुवेत र मोरङ सुनसरी सेवा समाजका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु अभियानका सदस्य रहने गरी “बाढी पीडित राहत सहयोग अभियान” समिति गठन गरेको छ ।

समितिले बाढी पीडित राहत सहयोग अभियान संचालनको कुवेतवासी सम्पूर्ण नेपालीहरुलाई जानकारी गराउने र सहयोगको लागि आव्हान गर्ने । उठेको सहयोग रकमलाई पारदर्शी ढंगले सार्वजनिक गर्ने । नेपाल सरकारको सम्बन्धित निकायसंग समन्वय गरी राहत वितरण गर्ने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *