केपीको बर्थ डे मा छ लाखको केक

असोज २ नयाँ दिल्ली । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ दिल्लीको ताज होटलमा जन्मदिन मनाउँदा करिब ६ लाख रुपैयाँ ऋण लागेको खुलासा भएको छ ।kp

भारत भ्रमणका क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो  ६५औँ जन्म दिन नयाँदिल्लीस्थित होटल ताजमा केक किन्दा उक्त ऋण लागेको थियो  ।
नया दिल्लीस्थित नेपाली दूतावासले प्रचण्डको भारत भ्रमण हुन एकसाता पहिले मात्र ओली सरकारले लगाएको ऋण तिरेको जानकारी छ ।

ओलीको भ्रमणका बेलामा ताज होटलको भोजका लागि १६ लाख रुपैयाँ बजेट छुट्याइएको थियो  । तर, उहाँको बर्थडे केक काट्ने भएपछि पाहुनाहरु थपिए र थप ५ लाख ६० हजार खर्च भएको थियो ।’

ओलीका पालामा ताज होटलमा कुल २१ लाख ६० हजार रुपैयाँ खर्च भएको नया दिल्लीस्थित नेपाली दूतावास स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *