केपी ओली र उपेन्द्र यादवको भिडन्त हुने, सिराहा क्षेत्र नं १ बाट उपेन्द्रको नाम सिफारिस

काठमाडौ २२ असोज – संघीय समाजवादी फोरम नेपालले पार्टिका अध्यक्ष उपेन्द्र यादव सिरहा १ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । मधेस आन्दोलनको उद्गमथलो लहान नगरपालिका सहितको यो क्षेत्रबाट एमालेले अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरे लगत्तै फोरमले यादवको नाम प्रस्ताव गरेको हो ।

लहान नगरपालिकाको चुनावमा एमालेले कांग्रेसलाई पराजित गर्दा फोरम तेस्रो स्थानमा थियो । सो क्षेत्रबाट यादवसँगै केन्द्रीय सदस्य सत्यनारायण यादवको नाम पनि सिफारिस भएको छ ।

क्षेत्र नंम्बर २ मा विजय यादवको नाम सर्वसम्मत सिफारिस भएको छ । क्षेत्र नंम्बर तीन ३ मा अशेश्वर यादव र शत्रुधन सिंह, क्षेत्र नम्बर चारमा बिरेन्द्र यादवको नाम सिफारिस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *