केपी शर्मा ओलीले भारतलाई अनावस्यक हस्तक्षेप नगर्न चेतावनी दिए

काठमाडौ २३ चैत्र,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतलाई अनावस्यक हस्तक्षेप नगर्न चेतावनी दिएका छन् । “सक्छौ भने मद्दत गर, सक्दैनौ भने चुप लागेर बस, हामीलाई गरिखान देऊ, हामी गरिखान सक्छौँ ।”भन्दै ओलीले भारतलाई आग्रह गरेका हुन् । ओलीले, भारत नेपालको विकास विरोध भएको पनि बताए ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानको कार्यक्रममा बोल्दै ओलीले नेपालको विकास निर्माणमा अवरोध नगर्न भारतलाई आग्रहसमेत गरे ।ओलीले नयाँ विकासका आयोजना सञ्चालन गर्न लाग्दा भारतले सुरक्षा र अन्य विविध कारण देखाएर अवरोधको प्रयास गर्दै आएको बताए ।भारतमा निर्भर नेपालको अर्थतन्त्रलाई तोडेर चीनसँग पनि व्यापारिक मार्ग खोल्नुपर्ने ओलीले उक्त कार्यक्रममा बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *