केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवनमा

काठमाडौ, ५ पुस- राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेशका विषयमा राजनीतिक दलहरुबीच विवाद बढिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् ।

शितल निवासमा पुगेका ओली र दाहालले अध्यादेशको गतिरोध अन्त्यका विषयमा राष्ट्रपतिसँग छलफल गरेका हुन् । सरकारले एक संक्रमणीय प्रणालीबाट राष्ट्रिय सभा सदस्य निर्वाचन गर्ने व्यवस्थासहितको अध्यादेश प्रमाणीकरणका लागि पठाएपछि निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको नतिजासमेत सार्वजनिक गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *