कैलालीको धनगढी उप-महानगरपालिकामा कांग्रेसका नृपबहादुर ओडको अग्रता

धनगढी २३ असार- कैलालीको धनगढी उप-महानगरपालिकामा कांग्रेसका नृपबहादुर ओडले आफ्नो अग्रता कायमै राख्नुभएको छ । अब  ९ हजार २ सय ६८ मत गन्न  छ ।

ओडले ११ हजार ५ सय ८९ मत प्राप्त गरेका छन् भने उनको निकट प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार गोपाल हमालले १० हजार ४ सय ३७ मत ल्याएका छन् । ओड र हमालबीच १ हजार १ सय ५२ मतको अन्तर छ । सुरुदेखि नै ओड र हमालबीच कडा टक्कर थियो । तर, विहिबारबाट भने ओडले मतान्तर बढाउँदै लागेका हुन्  ।

नेकपा एमालेका दुर्गाप्रसाद जोशी चौथो स्थानमा झरेको छ । मत गणनाको सुरुदेखि तेस्रो स्थानमा रहँदै आएका जोशी आज बिहानको मत परिणामपछि भने माओवादीभन्दा पछाडि देखिएका हुन् । उनले ८ हजार १ सय ९६ मत पाउँदा माओवादीका रामसमझ रानाले ८ हजार २ सय ६२ मत प्राप्त गरेको छ ।

यस्तै, उपमेयरमा पनि कांग्रेसका सुशिला मिश्र भट्ट भारी मतले अगाडी छन् । उनले १४ हजार ५ सय ६१ मत ल्याएका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *