कोरियन भाषा परीक्षाको फल प्रकाशित नाम सहित हेर्नुहोस

काठमाडौ १० साउन- रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको फल प्रकाशित भएको छ । ६८ हजार भन्दा बढीले कोरियन भाषा परीक्षा दिएका मध्ये १२ हजार १०८ उत्तीर्ण भएका छन् ।

कृषितर्फ करिब साढे सात हजार परीक्षार्थी उत्तीर्ण भएका छन् । सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो । तर, केही परीक्षार्थीले जेठ २७ र २८ गतेको परीक्षामा जाँच दिन नपाएपछि फेरि एक हप्ता कम्प्युटरमार्फत परीक्षा लिएर नतिजा प्रकाशित गरिएको हो ।

परीक्षामा उत्तीर्ण भएका सबै कोरिया जान पाउँछन् भन्ने ग्यारेन्टी भने नहुने ईपीएस शाखाले जनाएको छ । पास भएकालाई रोष्टर लिष्टमा राखेर लेबर कन्ट्रयाक्ट दिने गरिएको छ । भाषा परीक्षा पास हुनेहरुलाई आगामी फेब्रुअरीबाट उत्तीर्ण कामदारको मेडिकल लगायतका प्रक्रिया सुरु हुनेछ ।

हेर्नुहोस् भाषा परीक्षाको नतिजा

Leave a Reply

Your email address will not be published. Required fields are marked *