कोरियामा पनि चा:सोक तङनाम ५०७७ भव्यरूपमा मनाइयो

कोरिया,२७ मंसिर – किरात लिम्बूहरूको महान चाड चा:सोक तङनाम ५०७७ अर्थात उधौलि पर्व कोरियामा गत वर्षझै यो वर्षपनि भब्यरूपमा मनाइएको छ। किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया द्वारा आयोजना गरिएको कार्यक्रम गत आइतबार कोरियाको सउलमा सम्पन्न भएको हो । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया अध्यक्ष सुन्दरदिप आङदेम्बेको अध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पवन चाम्लिङ राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको विधिवत् तरिकाले फेदाङबा सम्राट चेम्जोङले न्वागि पुजा गरेर उद्घाटन गरेका थिए । लिम्बु दाजु भाइ तथा दिदी बहिनिहरु एकअर्कामा शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रममा लिम्बू तथा गैर लिम्बूहरूको बाक्लो उपस्थित रहेको थियो भने कोरियामा रहेका विभिन्न संघ सस्थामा आबद्ध बुद्धिजीवीहरूको पनि उपस्थिति रहेको थियो ।

लिम्बु जातिको भेषभुषा , धान नाच , ढोल नाच , हाक्पारे ख्याली गाएर आफ्नो संस्कृति झल्काईएको थियो भने किरात राई यायोख्खाका कलाकारहरूले राई जातिको नाच साकेला पनि नाचेका थिए । त्यसैगरि लिम्बूहरूको मौलिक परिकार याड़ङबेन , पुर्सुने(तिते) , फिलिङगे अचार , सिजङवा, सेलरोटि जस्ता परिकारहरू राखिएको थियो ।

कार्यक्रमलाई अझ भव्य वनाउनको निमित्त नेपालबाट आमन्त्रित राष्ट्रीय गायक तथा लिम्बु भाषिक गायक उत्तम जङ लिम्बूले कोरियाको चिसो मौसममा दर्शकहरूलाई तताएका थिए । उनले लिम्बु भाषाको गीत “मुकुमलुङ माङे सेवारो” बाट सुरूवात गरेका थिए भने उनको चर्चित गित “एक तर्फि माया लाएछु जल्दै जल्दै गए “, “मार्यौनि निरमाया” जस्ता गीत गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिलाए । त्यस्तै आजकल कोरियाको बिभिन्न संगीतिक कार्यक्रममा देखा पर्ने स्थानिय गायक अप्सन लिम्बूले आफ्नो दमदार प्रस्तुति दिएका थिए र सुदिप सेर्माले पनि आफ्नो प्रस्तुति दर्शकहरू माझ पस्केका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *