क्यान्सर पिडित धनराज राईद्वारा सहयोगको याचना

पाँचथर-कमजोर आर्थिक अवस्थाका कारण क्यान्सर रोगको उपचार गर्न नसकेर थला परेका धनराज राईले सहयोगको याचना गरेका छन् । भोजपुरको हतुवागढि गाउँपालिका सिन्द्राङ्गस्थित दुकिराङ्गका ४२ बर्षिया राईको पेटमा भएको क्यान्सरको शल्यक्रिया गर्न सात लाख लाग्ने र राई संग यति धेरै पैसा नभएकोले याचना गरेका हुन् ।

गत असारमा अचानक घरमा ढलेर बेहोस भएका राईलाई उपचारार्थ काठमाडौ लगिएको थियो । काठमाडौको विरमा उपचाररत उनको क्यान्सर पत्ता लागेको हो । आर्थिक अवस्था निक्कै कम्जोर उनले सहयोगीलाई प्राईम बैंकको खाता नंबर ०४५००६९१ पिएस र ग्लोबल आईएमई बैंकको खाता नंबर ३६०७१००११५२० मा जम्मा गरिदिन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *