क्यान्सर रोगी भुजेलको रोदन, म बाँच्न चहान्छु (भिडियाे सहित)  

संखुवासभा १८ साउन- आर्थिक अभावका कारण उपचारको अभावमा छटपटाईरहेका संखुवासभा जिल्लाको मादी नगरपालिका ६ का गणेश बहादुर भुजेलले आफनो उपचारका लागी आर्थिक सहयोगका लागी सबैसँग अपिल गरेका छन ।  शुरुमा भुजेलको ओठमा सानो टीका जस्तो घाऊ निस्कियो । ३ महिना अघि सुरु भएको सो घाऊ फैलिदै यतिबेला पुुरै मुख नै बाङगो भइसकेको छ ।

क्यान्सरको आशंका गरि भरतपुर क्यान्सर अस्पताल जाँदा उनलाई यही साल साउन ३२ गतेको अप्रेसनको डेट समेत दिईएको छ । भुजेलका उपचारका लागी ५ लाख खर्च आबश्यक रहेको उनकी श्रीमतीले भक्कानिँदै जनाएकी छिन आर्थिक अभावका कारण उपचार संभव नभएको र अस्पताल सम्म जाने अबस्था समेत नभएको भन्दै उनको परिवारले सहयोगका लागी मनकारीहरु सँग अपिल समेत गरेको छ ।

आफु अत्यन्तै बिपन्न भएका कारण उपचार सम्भव नभएको र आफु बाँच्न चाहेको उनले बताएका छन । भुजेल लाई सहयोग गर्न चहान इच्छुहरुले ९८०५३६८४५३मा सम्पर्क गरी सहयोग गर्न सक्नेछन । साथै Bank Of kathmandu Ltd इटहरी शाखा सुरेश चन्द्र दाहालकाे नाममा रहेकाे खाता नम्बर 031300000590524 मा सहयोग गर्न उनीहरुले अपिल समेत गरेका छन । प्राप्त सहयोग रकम अनलाईन मार्फत सार्बजनिक समेत गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *