क्रान्तिकारी माओवादीको देशव्यापी बहस सुरु

दाङ २४ भदौ- नेकपा क्रान्तिकारी माओवादको असोजमा हुने राष्ट्रिय सम्मेलनको मिति नजिकिदैँ गर्दा पार्टी अध्यक्ष मोहन बैद्य किरण सहित नेतृत्व पंक्ति देशब्यापी रुपमा कार्यकर्ताहरुसँग वहस, छलफलमा जुटिरहेका छन् ।

राष्ट्रिय सम्मेलनको लागि आन्तरिक पार्टी छलफलका लागि अहिले अध्यक्ष किरण दाङको भालुवाङ पुगेका छन् । कार्यक्रममा अध्यक्ष किरणले तयार गरेको राष्ट्रिय सम्मेलन विशेष दस्तावेजमाथि पाँच नम्बर प्रदेशका नेताहरुले आफ्नो धारणा राख्ने, त्यसमाथि छलफल गर्ने र एकमतले सम्मेलनको तयारीमा जुट्ने निष्कर्ष निकाल्ने क्रान्तिकारी माओवादीको प्रदेश नम्मबर पाँचका इन्चार्ज प्रेम सुवेदीले हरपल नेपालसँग बताए ।

प्रदेश इन्चार्ज सुवेदीले अहिले राजनीतिक विचार, मुल्य र मान्यता भन्दा उपयोगवादी दृष्टिकोणले राजनीतिलाई हेर्ने संस्कार बढेको कारण वर्गिय आन्दोलनले सहि दिशा लिन नसकेको बताए । उनले क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलनपछि पार्टी भित्र र बाहिर रहेका सबै प्रकारका समस्याहरुको समाधान हुने र नयाँ ढंगले, गतिशिलताका साथ पार्टी अगाडि बढ्ने विश्वास ब्यक्त गरे ।

सुवेदीले पछिल्लो अवस्थामा पाँच नम्बर प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटीहरुलार्य सक्रिय पारिएको बताए । उनका अनुसार अहिले सहि राजनीतिक मुल्य, मान्यता र वर्गिय आन्दोलन बुझेका मानिसहरु अन्य पार्टीबाट आउन चाहेको र त्यो छलफल चलिरहेको समेत छ । आन्दोलन अब नयाँ चरणमा पुग्छ, त्यो छिट्टै नयाँ गतिमा अघि बढ्ने उनले विश्वास गरें ।

प्रदेश स्तरिय उक्त छलफल कार्यक्रममा एक सय भन्दा बढिको उपस्थिती रहेको छ । अहिले कार्यक्रमको सुरु भैसकेको छ र अध्यक्षको दस्तावेजमाथि छलफल हुने क्रम जारी रहेको छ ।

क्रान्तिकारी माओवादीको पाँच नम्बर प्रदेशका अधिकांश नेताहरुले पार्टीलाई क्रियाशिल बनाउनुपर्ने र विचार, नीति सहितको बलियो संगठन निर्माणमा जोड दिनुपर्ने धारणा राखेका छन ।

क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलन असोज २१ गतेबाट २५ गतेसम्म गर्ने निर्ण यसअघि नै भएको छ । पाँच नम्बर प्रदेशको दुई दिने कार्यक्रम सकेर अध्यक्ष किरण लगायतको नेतृत्व पंक्ति प्रदेश नम्बर छ र साततिर प्रस्थान गर्ने बताइएको छ । प्रदेश नम्बर छ को कार्यक्रम सुर्खेतमा र ७ को कार्यक्रम कैलालीमा हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *