क्षतिपुर्तिको माग गर्दै मध्यपुर ठिमी प्रहरी वृत्त तोडफोड

कार्तिक १२ भक्तपुर, मोटरसाइकलको ठक्करबाट मृत्यु भएका महिलाका आफन्तले क्षतिपूर्तिको माग गर्दै महानगरीय प्रहरी वृत्त ठिमीमा आज तोडफोड गरेका छन् ।

बा ८० प ५००८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मध्यपुर ठिमीमा हिजो साँझ दोलखा ८ जिरीकी ४५ वर्षया सरस्वती खड्काको मृत्यु भएपछि उनका आफन्तले क्षतिपूर्तिको माग गर्दै आज प्रहरी वृत्त ठिमी घेराउ गरेका हुन् ।

आफन्तहरुले मृतकका दुई छोराछोरीको पढाइ,पालनपोषणको जिम्मेवारी र उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । प्रहरी वृत्त घेराउ गर्नेहरुले ढुङ्गा प्रहार गर्दा वृत्तमा कार्यरत प्रहरी कृष्णबहादुर तामाङ र जयन्तराज कार्की घाइते भएका छन् ।

ढुङ्गा प्रहारबाट महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलीयाको गाडीको सिसा फुटेको छ भने प्रहरी वृत्त ठिमीको भवनको पनि सिसा फुटेको छ ।
तोडफोडमा संलग्न रहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ जानकारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *