खुल्ला पुरुष भलिबल प्रतियोगीता सुरु

नवलपरासी ११ असोज – नवलपरासीको अमरौटमा आज देखी खुल्ला पुरुष भलिबल प्रतीयोगीता सुरु भएको छ । दशै तिहार तथा छठ पर्वको अवसरपारी श्री अमर युवा क्लब नवलपरासीले प्रतियोगीताको आयोजना गरेको हो ।

प्रतियोगीताको एक समारोहमा बिच रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले उद्घाटन गरेका थिए । खेलको उद्घाटन गर्दै नगर प्रमुख गुप्ताले खेलाडी देशका गहना भएकाले खेलाडीहरुको उचित व्यस्थापनका लागी सरकार लाग्नुपर्ने बिचार व्यक्त गरे ।

प्रतियोगीतामा नवलपरासी र रुपन्देही जिल्लाका गरी ४५ वटा टिम सहभागी छन् । प्रतियोगीतामा प्रथम टिमले नगद २० हजार र द्धितिय टिमले १५ हजार नगद सहित शिल्ड र प्रमाणपत्र पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *