खोटांगको ९ वटा गाउँपालिकामा कार्यकारी अधिकृत खटिए

चैत्र ४ खोटांग, नयाँ बनेको संरचना अनुसार नेपाल सरकारले खोटांगको ९ वटा गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको छ । स्थानीय चुनावको लागि आवश्यक काम समेत गर्नेगरी ९ वटै गाउँपालिकामा कार्यकारी अधिकृत खटाइएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । खोटांग जिल्लालाई दुई वटा नगरपालिका र ९ वटा गाउँपालिकामा नयाँ संरचना बनाईएको छ ।

नयाँ गाउँपालिका अनुसार ऐसेलुखर्क गाउँपालिकामा पुण्यप्रसाद पौडेल, लामीडाँडा गाउँपालिकामा प्रज्वल घिमिरे,जन्ते ढुङ्गा गाउँपालिकामा यादब भण्डारी, खोटेहाङ्ग गाउँपालिकामा सन्तोष पोख्रेल, केपिलास गढि गाउँपालिकामा महेश राई, दिप्रुंग गाउँपालिकामा अशोकप्रसाद दाहाल,साकेला गाउँपालिकामा कृष्णप्रसाद हुमागाई, बराह पोखरी गाउँपालिकामा असिमा बस्नेत, दुधकोशी गाउँपालिकामा थानेश्वर भण्डारी खटिएका छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *