खोटाङमा सडकसंगै मुहार फेर्दै नुनथला, यस्तो छ इतिहास (फोटो फिचर)

चिसाङ शेर्पा/ खोटाङ ०४ भदौ
साविकका पाँच नम्बर वडाको माथिल्लो भेगमा खार्पाली बाहुनहरुले खर्क बनाइ वर्षदिनमा एकपटक खला बनाएर गाई, भैसीलाई नुन चटाउने परम्परा अपभ्रस हुंदै जाँदा नुनथलाको नाम रहेको इतिहास पाईन्छ । २०१७ सालमा एउटा पनि विधालय नभएको नुनथलाका वालवालिकाहरु खार्पा गाविसको रुभुङमा स्थापना भएको जालपा (ठ्याक्कै मिति प्राप्त नभएको) मा. वि मा अध्ययन गर्नुपर्ने बाध्यता थियो । भौगोलिक दृष्टिकोणले अत्यन्तै कठिनाइका कारण तीन वर्ष पश्चात उक्त विधालय ०२० सालमा नुनथलास्थित हाल सञ्चालन भईरहेको तुलसी बोडिङ्ग स्कुलको माथी चउरमा नुनथलाका बुद्धिजीविहरुको पहलमा स्थानतरण भएको थियो ।

खरका छानोले छाउनुपर्ने त्यतिवेलाका विधालय ०२५ सालमा नुनथला पाँचस्थित सडकको लाईनमा बनाइएता पनि विविध समस्यासंग सामाना गर्दै ०२८ सालदेखी जालपा मा.वि हालको साविकको स्थानमा पुनः स्थानतरण गरिएको थियो । ऊ बेला बनमाराले ढाकेको नुनथलामा बुलुङ तामाङ, जगशेर राईको घर रहेको स्थानीय दिपक कुमार राईले बताए । राईका अनुसार साविक वडाहरु ६, ७, ८, ९ पञ्चायत कालमा बुईपा गाविसको ९ नम्बर तथा हाबु, पुईलुङ, नुनथला ८ नम्बर वडाका आधा भुभाग र वडाहरु ३, ४, ५ बुइपाको ८ वडामा रहेको थियो । महुरे, धौलाङ खार्पा गाविसका ५ नम्बर वडाको भुभाग रहेको ईतिहास पाईन्छ । बुईपा र खार्पा गाविसवाट ०३२ सालपछि नुनथला एकलौटी एक गाविस बनेको हो ।

सदरमुकाम दिक्तmेलवाट पश्चिम र धार्मिक तथा पर्यटकीयस्थल हलेसी महादेवस्थानवाट पुर्वमा अवस्थित एउटा आशाको केन्द्रविन्दु हो नुनथला । सवारी साधनको यात्रामा दिक्तmेलवाट कच्ची वाटोको यात्रामा करीव १ घण्टामा पुग्न सकिने रुपाकोट मझुवागढी नगरपालिका १३ नम्वर वडाको नुनथला ठूला शहरजस्तै बन्न थालेको छ । सुविधामा शहरको अनुभुती गर्न सकिने वातावरण सिर्जना हुदैं गईरहेको छ । सडकमा हिड्नसम्म समस्या हुने नुनथलामा राष्ट्रिय सडक सञ्जाल जोडिएसंगै सडक कालोपत्रेका लागि मुखमा आईुपुग्दा यहाँको रहसहनले काँचुली नै फेर्न थालेको छ ।

सर्वोच्च शिखर सगरमाथा, टोड्के, महुरेगढी, खानीडाँडा विमानस्थल, लामीडाँडा विमानस्थल, रुपाकोट, मुढे, रावाखोला, ऐसेलुखर्क, वाक्सिला साथै ओखलढुङगाका केही क्षेत्र नुनथलाबाट अवलोकन गर्न सकिन्छ । सरकारी, गैह्र सरकारी कार्यलय भवन, ब्यतिmगत आधुनिक शैलीका घर तथा पुरातात्विक सांस्कृतीक थलो अवलोकनका हिसावले यस क्षेत्र भ्रमणका लागि गन्तब्यस्थलका पकटक्षेत्र हुंदै गईरहेको छ । माथिल्लो भेगमा रहेको टोड्के खेल मैदानसम्म ग्रामिण सडक पुगेपछि नयाँवर्ष तथा अन्य समयमा आन्तरिक पर्यटक भ्रमणका लागि धेरै पुग्ने गर्दछन् । महुरेगढीमा सडक नपुगे पनि टोड्कसंगै पिकनिक स्पट क्षेत्र बन्दै गएको छ । २० वर्ष अगाडी सडकको ट्रयाक खोलिएसंगै एकादुई अस्थाई टहरा निर्माणगरी सडकको किनारामा बसोवास गर्नेहरु वर्तमानमा पक्की भवन बनाउँदै ठूलाठूला व्यापार–व्याबसाय गर्न थालेका स्थानीय दोर्जे शेर्पाले बताए ।

सडककै कारण साना उधोग, कुटानी पिसानी मेशिन, क्रशर, कुखुरा फर्म, बंगुर फर्म, बाख्रा फर्म, मासु पसल, विधुतिय पसल, औषधी पसल नुनथलामा रहेका छन् । शिक्षाका निम्ती सञ्चालन भईरहेका अलवा विधालय तथा वोडिङ्ग स्कुलहरु समेत थपिदैै गएको छ । पछिल्लो अवस्थामा गाविस नगरपालिकामा गाभिएपछि साविकका ९ वडाहरुलाई ग्रामिण सडक र बत्तीले छोएपछी विकासले फड्को मारेको छ । विकाससंगै विनास हुने चक्र भए पनि कतीपय कुराहरु लोप भएका छन् । आधुनिक धारमा बन्ने विभिन्न नौला कुराहरुले विकासलाई प्रोत्साहन दिन टेवा पुग्ने गरेका, त्यो वर्तमान अवस्थाका लागि नितान्त आवाश्यक माग भएको वडा सदस्य ढकराज शेर्पाले बताउनुभयो । सडकले नै यि माग गरेको हो उनले थपे ।

सकडसंगै भविष्यमा नुनथलाका उज्ज्वल सपना देख्नेहरुकै लगावले नुनथलाको भविष्यको जग दरिलो बनाएका छन् । ०६९ सालमा मुहरेगढीमा सञ्चार सुविधा दिन निजी प्रदायक कम्पनी एनसेलको टावर निर्माण भयो, सञ्चारले केही राहत अनुभुती दिएसंगै भविष्यका लागि बचत महत्वपुर्ण पक्ष हो भन्दै बैकिङ सुविधा उपलब्ध गराउन सालपा बचत तथा ऋण सहकारी संस्थाको स्थापना भएको थियो । सडक कालोपत्रे गर्नलाई गिट्टी बनाउन महुरेमा ०७२ साल यता क्रशर मेशिन, मोटरसाईल वर्कसप रहेको छ । ति सबै सडककै माग भएको बुद्धिजीविहरुको तर्क रहेको छ । सडकले विकाससंगै सुरक्षा चुनौतीसमेत थपिने भएकाले समुदायको पहलमा नुनथलामा प्रहरी चौकी पनि रहेको छ । चौकीले काठमाडौ–दिक्तmेल आवातजावत गर्ने सवारी साधनलाई चेकिङ र शान्ती सुरक्षा अमनचयनमा ठूलो भुमिका खेलिरहेको छ । मध्यपहाडी लोकमार्ग अन्र्तगत काठमाडांै तथा तराई जाने मुख्य वाटो नै नुनथला हो ।

सडक आए पश्चात खिचिएका नुनथलाका विभिन्न स्थानका तस्विरहरु

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *