खोटाङ्गको पुनसंरचना काठमाडौ आईपुग्दा व्यापक तोडमोड

पौष २५ खोटाङ्ग, राज्यको पुनसंरचना आयोगले आफ्नो प्रतिवेदन बुझाई सकेको अवस्थामा खोटाङ्ग जिल्लाको १० राजनीतिक दलको सर्वसहमतीमा २ नगरपालिका र ८ वटा गाउँ पालिकाको नाम र सिमाङ्कन तयार पारेर केन्द्रमा पठाएकोमा, केन्द्रमा आईपुग्दा व्यापक तोडमोड भएको छ ।

स्थानीय विकास अधिकारीले लेखेको आधिकारिक पत्रमा पनि त्यहि उल्लेख गरिएको थियो । तर केन्द्रमा पहुँच भएका समिति राजनीतिक व्यक्तिको स्वार्थ पूर्तिका लागि यी सबै सहमतिहरु र यथार्तलाई छाडेर छुट्टै नामाङ्कन र सिमाङ्कन स्थानीय निकाय पुनसंरचना आयोगले प्रस्तावित गरेकोछ । सिफारिस गरिएको वास्तविक सिमाङ्कन महुरेगडी गाविसलाई छिन्नभिन्न पारेर लामिडाँडा गाउँपालिका र केन्द्र खार्पा राखिएको छ ।

यसको बिरुद्धमा, सबै आन्दोलित भएका छन् । जिल्लामा उदय कार्कीको संयोजकत्वमा र काठमाडौमा खोटाडं सेवासमाजका अध्यक्ष राकेश राईको अध्यक्षतामा कांग्रेसको सुमन राई र माओवादी केन्द्रका केन्द्रीय सदस्य जयप्रकाश राई सहसंयोजक रहेको एक संघर्ष समिति बनाईएको छ । समितिले आयोगको यस्तो षड्यन्त्रपूर्ण काम र बलमिच्याई विरुद्ध रहेका सबैलाई साथ दिन अनुरोध गरेको छ ।

आयोगले प्रस्तावित गरेकोkhotangतलबाट सर्वस्वीकृत भएर आएको तस्वीरkhotang diktel

Leave a Reply

Your email address will not be published. Required fields are marked *