खोटाङ्गमा,२ नगरपालिका र ८ गाँउ पालिका हुने

चिसाङ्ग शेर्पा-कार्तिक ८ खोटाङ्ग, स्थानीय तहको पुर्नसंरचनाको खाकाका विषयमा स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति खोटाङ्ग र जिल्लाका क्रियाशील राजनीतिक दलबीच सोमवार छलफल भएको छ ।

जिल्ला बिकास समितिको सभाहलमा भएको दुवै पक्षबीचको छलफलले २ नगरपालिका र ८ गाँउ पालिकाको टुङ्गो लगाएको छ । छलफलले हलेसी क्षेत्रका लागि हलेसी नगरपालीका र दिक्तेल नगरपालीको टुङ्गो लगाएको हो । छलफलले दिक्तेल नगरपालिकाको नाम रुपाकोट मझुवागढी रहने गरि नामाकरण गरेको छ ।

यस्तै गाँउपालिका अन्तरगत सावा पारीका गाविसलाई लक्षित गर्दै चिसापानी र सिन्ताङ्गलाई केन्द्र बनाएर दुई गाँउपालिका बनाईएको हो । चिसापनी केन्द्रको नाम जन्तेढुङ्गा र सिन्ताङ्ग केन्द्रको नाम बाराहापोखरी गाँउपालिका राखिएको छ । जिल्लाको उत्तरी क्षेत्र ऐसेलुखर्क र बाक्सीलामा केन्द्र रहने सहमति भएको छ । ऐसेलुखर्क केन्द्रको नाम । ऐसेलुखर्क नै र बाक्सीला केन्द्रको केपीलास रहने भएको छ ।

सदरमुकाम नजिकको गाविस नुनथलामा पनि केन्द्र रहने भएको छ । नुनथला आसपासका गाविसलाई समेटीने गरि मौरेगढी गाँउपालिका रहने गरि नाम जुराएको छ । यस्तै, खार्मी पाथेका, दोर्पाचिउरीडाँडा, नेर्पा, निर्मलीडाँडा,लफ्याङ्ग खाल्ले बाम्राङ्ग गाविस हालको दिक्तेल नगरपालीका र अव हुने रुपाकोट मझुवागढी नगरपालीका गाभिएका छन् ।

यस्तै, दक्षीणी क्षेत्र अन्तरगत सप्तेश्वर छितापोखरीमा पर्ने पन्चमी बजारमा पनि केन्द्र रहने भएको छ । त्यस गाविस आसपासका क्षेत्रमा रहेका गाविस पन्चमीबजारमा केन्द्र रहने गरि दीप्रुङ्ग गाँउपालकिा रहेको छ । यस्तै मात्तिम गाविस आसपासका गाविस समेटेर मात्तिमको मानेभञ्याङ्गमा केन्द्र रहने गरि साकेला गाँउपालीका नामाकरण गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभएको छ । खोटाङ्गबजार सीम्पानीबजारमा केन्द्र कहाँ राख्ने भन्ने विषयमा भने टुङ्गगो लागेको छैन, सोमवार साँझ अवेरसम्म बसेको बैठकले खोटाङ्गबजार वा सीम्पानीबजारमा केन्द्रको टुङ्गो लाग्न नसकेपछि बैठक मंगलवार बस्ने र टुङ्गो लगाउने सहमति भएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *