खोटाङ्ग कुवेत सम्पर्क मन्च कुवेतको तेस्रो अधिवेशन हुने

कुवेत १९ असार-खोटाङ्ग कुवेत सम्पर्क मन्च कुवेतको छैटौ वार्षिक उत्सब तथा तेस्रो अधिवेशन हुने भएको छ ।  संस्थापक सचिब तथा निवर्तमान वरिष्ठ सल्लाहकार रेवती भट्टराईले जानकारी दिए अनुसार आउदो जुलाई ७ तारिख शुक्रबारको दिन दिनको १२ बजे हुने उक्त कार्यक्रमको तयारी पुरा भएको छ ।

“भाषा अनि संस्कृतीमा विविधता, विकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मुल  नाराका साथ सन् २०११ मा कुवेतमा स्थापना भएको खोटाङ कुवेत सम्पर्क मंचले छैटौं बार्षिक उत्सव तथा तेस्रो अधिवेशन कार्यक्रम जिलिबको ऋदम हलमा गर्न लागेको हो । कार्यक्रममा स्थानीय नेपाली कलाकारहरुको पनि प्रस्तुती रहने भट्टराईले बताएका छन् ।

उक्त कार्यक्रममा कुवेतमा विभिन्न कम्पनीहरूमा  रहनु हुने खोटांगेहरु लगायत  बुद्धिजीवी , समाजसेवी, पत्रकार, खेलाडी, कलाकारहरु एवं सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाइ उपस्थितिको लागी  खोटाङ्ग सम्पर्क मन्च कुवेतले सबैलाई आग्रह समेत गरेका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *