खोटाङ्ग जालापाको एक विद्यालयमा आगलागी

खोटाङ्ग १६ जेठ- खोटाङ्ग जिल्लाको जालपास्थित पुरानोगाउँमा रहेको ज्योति माविमा गए राति आगलागी भएको छ । मध्यरातमा भएको आगलागीबाट विद्यालयको नौं वटा कक्षा कोठा, कार्यालय, कागजपत्र, पुस्तकालय, फर्नीचर लगायतका सामग्री पूर्ण रुपमा जलेर नष्ट भएको छ । जिल्लाको नमूना मानिएको विद्यालयमा आगलागी हुँदा साँढे दुई करोड बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

विद्यालयमा भएको आगलागी कारण भने अहिलेसम्म खुल्न छैन । आगलागी भएको विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक नवीनकिशोर प्रधानको टोली घटनास्थल पुगेको छ । घटनाको प्रकृति हेर्दा ठूलै समूहले पेट्रोल छर्केर आगजनी गरेको हुन सक्ने घटनास्थल पुगेका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *