‘खोरङ्वा खोला” को म्युजिक भिडियो छायांकन सम्पन्न (भिडियो सहित)

काठमाडौं, १९ पुस । नेम खापुङको शब्द तथा संगीत रहेको गीत ‘खोरङ्वा खोला” को म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । लक्ष्मण लिम्बू र सुनिता थेगिमको स्वरमा रहेको गीतमा मिरान खापुङ र विशाल सेनेहाङले अभिनय गरेका छन् ।

म्युजिक भिडियोमा जम्दै गरेको मोडेल विशाल सेनेहाङ्ग र मिरान लिम्बुले अभिनय गरेको उक्त म्युजिक भिडियोलाई लेलेको जंगल, पिआइए लेले स्मारक पार्क आसपासमा छायांकन गरिएको छ । मिरान लिम्बुको यो डेब्यु म्युजिक भिडियो हो । मिरान लिम्बु पत्रकार पनि हुन् ।

गीतलाई टेकेन्द्र यक्सोले संगीत संयोजन गरेका छन् भने अर्जुन तिवारीको छायांकन, दिनेश माङ्मुको कोरियोग्राफी रहेको छ । यो गीतको म्युजिक भिडियोलाई निर्देशक लोकेन साँवाले निर्देशन गरेका हुन् । म्युजिक भिडियोको निर्माण हङकङमा रहने छत्र खापुङले गरेका हुन् ।

केही समय अगाडि पनि नेम खापुङद्वारा रचित तथा संगीतवद्ध गीतको छायांकन भएको थियो । उक्त गीतहरुलाई समेटेर म्युजिक भिडियोको सङ्ग्रह नै निकाल्ने पनि निर्माणपक्षको भनाई छ ।

छायांकनको सुटिङ्ग रिपोर्ट यहाँ हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *