गंगाराज राईको स्वरमा डिल्लिराम राईको “सपनाको संसार” सार्वजानिक (भिडियो सहित)

काठमाडौ- “सपनाको संसार” बोलको म्युजिक भिडियो सार्वजानिक भएको छ । गायक गंगाराज राईको स्वरमा रहेको उक्त गीतको शब्द रचना गीतकार डिल्लिराम राईले गरेका हुन् भने कल्याण सिंहले संगीत गरेका छन् । यो गीतमा एरेन्ज भने महाराज थापाले गरेका छन् ।

विगत लामो समयदेखि वेलायतमा रहदै आएका गायक गंगाराज राई आफ्नो गायन यात्रा निरन्तर अगाडि बढाउदै आएका छन् भने गीतकार डिल्लिराम राई पनि लामो समयदेखि वेलायतमै रहेर सक्रियरुपमा कलम चलाईरहेका छन् ।

“सपनाको संसारमा पुगेर भावानाको सागरमा डुबुल्की मार्छ अनि सम्हालिएर जिन्दगीका सुख दुख आरोह अवरोह संगै बाँचीरहन्छ जीवन” यस्तै भाव बोकेको छ यो गीतले ।

बुद्ध थापाले छायांकन गरेको यो गीतको म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । सुरज सिंह ठकुरीले अभिनय गरेको यो गीतको म्युजिक भिडियोलाई लिला गोम्देन राईले निर्माण गरेका हुन् भने सृष्टि थापा मगरले साजसज्जा र निकेश खड्काले म्युजिक भिडियोको निर्देशन गरेका छन् ।

यो गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *