गजल : चन्द्री मोक्तान “खुशी’

गजल
शान्ति तिमी गाउँ बस्तीमा छाउनु पर्छ
दिन-दुखी पिडा सास्तीमा धाउनु पर्छ

अति भयो शोषण अनि दमन पनि
न्याय दिन सदैब तिमी आउनु पर्छ

दबाएका आवाज अब बुलन्द पारी
लय भाका सामन्तको गाउनु पर्छ

भनि दोषी निर्दोषीलाई जिउदै मार्ने
सजाय त्यो अपराधीले पाउनु पर्छ

नयाँ खाका संविधानमा कोरेर अब
देशद्रोही दलालिलाई दाउनु पर्छ

             चन्द्री मोक्तान “खुशी’

चन्द्री मोक्तान “खुशी”को गजल संग्रह मैनवतीको कोईला बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *