गजल-लक्ष्मी प्रसाद घिमिरे

laxmi prasad ghimireगजल

मन मस्तिष्क खराब भए, बाहिर भिर्ने कोट हटाउ
मुखले रामराम बोल्ने भए, भित्र भएको खोट हटाउ

किन जन्में किन हुर्कें भन्ने, थाहा पाउन सक्नुपर्छ
सेवक बन्नु महानता हो, दुःखीहरुको  चोट हटाउ

सेवाधर्म कुनचरोको नाम हो, तिमीलाई थाहा छैन
कसैलाई  काम  नदिने, बैंक खाताका नोट हटाउ

कर्मगरे त फल फल्छ यहाँ, फलाउने कोशिस गर
बिषैमात्र फल्छ  भने, तिमीले रोपेका बोट  हटाउ

मन, मुटु र हृदयको ति तमाम, सबैकुरा बिर्सिकन
धनैमा छापलाउने भए, तिमीले  हाल्ने भोट हटाउ

लक्ष्मी प्रसाद घिमिरे
भोजपुर (हाल काठमाडौ)

One thought on “गजल-लक्ष्मी प्रसाद घिमिरे

Leave a Reply to प्रेम श्रेष्ठ Cancel reply

Your email address will not be published. Required fields are marked *