गर्बुजा एकल लोक गायन हुने

काठमाडौं १४ बैशाख, म्याग्दी कलाकार समाजले यही बैशाख १६ गते प्रज्ञा प्रतिष्ठान कमलादिमा ‘खड्ग गर्बुजा एकल लोक गायन कार्यक्रमको आयोजना गर्ने भएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा समाजले पत्रकार सम्मेलन गरेर उक्त एकल लोक गायन कार्यक्रमको बारेमा जानकारी दिएको हो ।

समाजका अध्यक्ष बील पुर्जा मगरले लोक गायक गर्बुजा नेपाली लोक संगीतका ऐतिहासिक व्यतिmत्व भएको बताउँदै भने,‘हामीले उहाँका गीतहरूलाई प्रत्यक्ष दर्शककाबीचमा गुञ्जाउँने प्रयास गर्नेछौँ, यसै कार्यक्रममार्फत सबैलाई निम्तो पनि दिन्छौँ, नेपाली लोक गायनका वरिष्ठ सर्जक गर्बुजालाई नचिन्ने र नजान्ने बिरलै मानिस होलान्।’

नि–बर्तमान अध्यक्ष राजन भूजेलले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै गर्बुजा एकल लोक गायनले नेपाली गीत संगीतको संरक्षण र प्रवर्दनमा टेवा पुग्ने दाबी गरे । उनले भने,‘आज भोली नेपाली गीत संगीतको अस्तित्व धरापमा पर्दै गएको छ, यसमा हामीले सक्दो सहयोग पाउने आशा गरेका छौँ, यस एकल गायनबाट प्राप्त रकमलाई लोक कल्याणकारी कोषको स्थापना गर्ने लक्ष्य राखेका छौँ, अर्को तर्फ गायक गर्बुजाको गीत संगीतको सम्मान र योगदानको कदर पनि हुने विश्वास हामीले लिएका छौँ, यो कार्यक्रममा १३ लाख रुपैयाँ खर्च हुने अनुमान गरेका छौँ।’

त्यस्तै काक्रममा बरिष्ठ लोक गायक खड्क गर्बुजाले २०६१ सालपछि पहिलोपटक आफुलाई म्याग्दी कलाकार समाजले दर्शकका बीचमा उभ्याउने जमर्को गरेकोमा आफु निकै खुशी रहेको प्रतिक्रिया दिए । उनले भने,‘मेरा शुभचिन्तकका बीचमा म धेरैपछि उभिँदैछु, यस कार्यक्रममा १९ वटा गीतहरू प्रस्तुत गर्नेछु, सोरठी, एनिमाया, सालैजो, लस्के भाका, ठाडोभाका लगायत गीतहरू रहनेछन्, अर्कोतर्फ आजभोली नेपाली गीत संगीतको लोकपन हराउँदै गएको छ, यसलाई जोगाउनको लागि म निरन्तर लागिपरेको छु, सबैलाई यसतर्फ ध्यान दिनको लागि अनुरोध गर्दछु।’ उनले उपस्थिति जनाएर कार्यक्रमको शोभा बढाईदिनको लागि पनि अपिल गरे ।

कल्याणकारी कोषकी संयोजक जानकी बुढाथोकीले कलाकार समाजको अभिन्न अंग भएको बताउँदै भनिन्‘कलाकार समाजको अभिन्न अंग हो, कलाकारको सिरमा कला र गला मात्रै छैन् सामाजिक उत्तरदयित्व पनि छ, कलाकारले अबका दिनहरुमा कला र गला मात्रै नभएर आफुसँग जोडिएको सामाजिक जिम्मेवारीलाई पनि ध्यान दिनुपर्छ ।’

कार्यक्रमको मुख्य प्रायोजक मोना आईसी, प्रायोजक अष्ट्रेलिया सिड्नी निवासी म्याग्देली परिवार, सह–प्रायोजक मोना नेदरल्याण्ड, मिडिया पार्टनर ईमेज टेलिभिजन र मगर क्रियसन रहेको आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *