गायक ईश्ववर पोख्रेलको “मैले जति माया’ गीतको म्युजिक भिडियो सार्वजनिक

मंसिर ६ काठमाडौ, सानैदेखि गीत-संगीत भनेपछि हुरुक्कै हुने र लामो समय देखि नेपाली गीत-संगीतमा सक्रिय हुदै आएका व्यक्ति हुन् , ईश्ववर पोख्रेल । यिनै ईश्वरले पछिल्लो समय गीत-संगीत र गायनमा आफ्नो राम्रो छबि बनाउदै आएका छन् । धेरै नै राम्रा-राम्रा गितहरु गाउदै आफ्नो चर्चा कमाउदै आएका पोख्रेलले पुनह: आफ्नो नयाँ गीत “मैले जति माया‘ बाजारमा ल्याएर आएका छन् । यो गीतमा नरेश भट्टराईको शब्द रचना रहेको छ भने हरि लम्सालको संगीत तथा एरेञ्ज रहेको छ ।

यसैगरी गायक ईश्वर पोख्रेलको यो गित “मैले जति माया’को म्युजिक भिडियो पनि बनेको छ । उक्त गीतको म्युजिक भिडियोलाई उत्सब दाहालले छायांकन गरेका छन् भने निशान घिमिरेले सम्पादन गरेका छन् । अर्जुन अधिकारी द्वारा निर्देशित यो भिडियोमा जीवन भट्टराई अनि आस्मा घिमिरे संगै सुरजको जिवन्त अभिनय रहेको छ ।
भिडियो हेर्न यहा तल क्लिक गरौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *