गायक “कमल राई” गायनमा चम्किदै

काठमाडौ-रोजगारीको लागी दक्षिण कोरिया गएको इलामे गाएक यतिबेला ‘तल हेर्यो ) बोलको गीत लिएर स्रोतामाझ आएका छन् । गायकले छोटो समयमा नै स्रोताको माया पाईरहेको छ । यो गीतमा आफ्नै शब्द रचना, संगीत स्वर रहेको छ भने म्युजिक एरेन्ज बरिस्ठ म्युजिक एरेन्जर फनिन्द्र राईको रहेको छ । म्युजिक भिडियो जिग्मे मिडिया प्रोडक्सनको रहेको भिडियोमा सुमि राईको फिचरिङ रहेको छ ।

बुढासुब्बा म्युजिक कम्पनिले ल्याएको यस गीतले चर्चा कमाईरहेको छ । यो गीतमा नेपालको सुन्दर ठाउ गुराँसको एसियाकै राजधानी मानिने संखुवासभा र तेह्रथुमको सिमानामा पर्ने तिनजुरे डाँडा, पाँचपोखरी,चौकी अरुण लगायत ईलाम, पाथिभरा, बुढासुब्बा, मनकामना, मनाङ मुस्ताङ, सोलुका रमणीय ठाउँहरुलाई समेटेर तेह्रथुमे मायालुलाई जाम भन्दै सबैलाई इलाम कन्याम घुम्नु आउनु भनेर अनुरोध गरेको छन् ।

गायकले संगीतको माध्यमले मातृभूमिको सुन्दर ठाउँहरुलाई सबैको सामु चिनाएर पर्यटन विकासलाई पनि सहयोग गरेका छन् । गायक यतिबेला अर्को नयाँ गीतको तयारीमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *