गायक केबी राईको आँखाहरु बोलको गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौ १९ साउन-गायक केबी राईको “आँखाहरु ” बोलको गीत सार्वजनिक भएको छ । प्रकाश इङ्नामको शब्द रचनालाई हरि लम्सालले संगीत गरेका हुन् ।

गायक केबी राईले “तिमि जलेउ दीप भएर बलेउ” बोलको गीत गाएर गायन क्षेत्रमा लागेका थिए । गायक केबी राईको यो गीत “माया प्रेम” गीति एल्बममा रहेको छ । गायक केबी राईको आजसम्म ३ दर्जन भन्दा बढि गीतहरु रेकर्ड भईसकेको छ ।

यो गीतको म्युजिक भिडियो पनि बनेको छ । यो गीतको म्युजिक भिडियोमा बिक्रम लामा र आरजु खरेलले अभिनय गरेका छन् ।

ज्ञानेन्द्र शर्माले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई दिपक विस्टले सम्पादन गरेका हुन्। यो गीतको म्युजिक भिडियोलाई रयान कार्कीले सह निर्देशन र महेश लिम्बुले निर्देशन गरेका छन् ।

यो गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *