गायक तथा संगीतकार सुमन राईको “तिमी भन्दा” बोलको गीत सार्वजानिक (भिडियो सहित)

सुमन राई

ईन्द्र जिजीबिषा/ काठमाडौ – गायक तथा संगीतकार सुमन राईको “तिमी भन्दा अर्को खुशी, के नै छ र यहाँ” बोलको गीत सार्वजानिक भएको छ । गायक तथा संगीतकार सुमन राईको छैटौ गीति एल्बम “विन्दास” मा समेटिने यो गीतको म्युजिक भिडियो सहित सार्वजानिक भएको हो ।

विगत दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय सुमन राईको यो भन्दा अगाडि पाँचवटा गीति एल्बम सार्वजानिक भईसकेको छ । पछिल्लो समयमा गायक भन्दा संगीतकारको रुपमा आफ्नो परिचय बनाएका सुमन राईको छैटौ गीति एल्बममा ७ वटा गीतहरु समेटिने गायक तथा संगीतकार सुमन राईले हामीलाई बताएका छन् । एल्बममा समेटिने सातैवटा गीतहरुको म्युजिक भिडियो बनाउने तयारी गरेका सुमन राईले ६ वटा गीतहरुको म्युजिक भिडियो तयार गरी सार्वजानिक गरिसकेका छन् ।

“उँधो सुनकोशी” बोलको गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका सुमन राई पछिल्लो समयमा नेपाली लोक गीत, आधुनिक गीतमा लय भर्न व्यास्त रहेका छन् भने उनले नेपाली चलचित्रमा समेत संगीत भर्दै आएका छन् । उनले संगीत भरेका नेपाली चलचित्र “मट्टिमाला” प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

२ सयवटा भन्दा बढि गीतहरुमा संगीत र १५० भन्दा धेरै गीतहरुमा स्वर भरिसकेका सुमन राईको पछिल्लो पटक सार्वजानिक भएको गीतमा स्वर तथा संगीत सुमन राईकै रहेको छ । सिताराम खड्काले शब्द रचना गरेको यो गीतमा एरेन्ज भने कुमार थापाले गरेका हुन् ।

अरु गीतहरुको म्युजिक भिडियो भन्दा पृथक शैली र राम्रो कथामा आधारित म्युजिक भिडियोमा अनिश मगररोहनी लामाले अभिनय गरेका छन् । डेढ दर्जन भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेका अनिश मगर र उत्तिकै शंख्यामा म्युजिक भिडियोमा अभिनय गरेकी रोहनी लामाको जिवन्त अभिनय यो म्युजिक भिडियोमा देख्न सकिन्छ । मोडेल अनिश र रोहनीलाई चलचित्र निर्माता पृथ्वी राई अनि मोडेल रविन गहतराज र मुकेश राईले अभिनयमा साथ् दिएका छन् ।

जीबी लामाले छायांकन गरेको यो गीतको म्युजिक भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन निर्देशन गरेका छन् । गायक तथा संगीतकार सुमन राईको छैटौ गीति एल्बममा रहने गीतहरु सार्वजानिक भएपनि गीति एल्बम नै भने केहि समय पछाडि सार्वजानिक हुने बताएका छन् ।

यो गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *