गायक रुपकुमार राईको छैटौ एल्बम ‘रुप’ बजारमा आउदै

सूचना खबर-कार्तिक ९ काठमाडौ, गायक रुपकुमार राईले नयाँ एल्बम रुप केहि दिन भित्रै बजारमा ल्याउने भएका छन् । अत्यन्तै मिठो स्वरको धनि गायक रुपकुमार राई, पुर्बेली टिपिकल लोक गीत र आधुनिक गीतको छुट्याउनै नसकिने नाम हो ।

जस्तो सुकै शब्दलाई पनि सजिलै गाउन सक्ने क्षमता भएको गायक रुपकुमार राईले, राम साईली सुरु है बरु लाकुरीको लंकै पुग्यो जरा, यो शहरमा पानि पिउं गाउँकै तिर्सना, जुन तारा मागेको हैन, केवल एउटा साथ न हो जस्ता दर्जनौ हिट गीतहरु स्रोतासामु पस्कि सकेकाछन् ।

गायक रुपकुमारको यो छैटौ एल्बम हो । चार वटा गीत रहेको यो एल्बममा पहिलो गीत चर्चा बोलको गीतमा,शब्द रचना गीतकार, कृष्णहरी वराल, संगीत प्राज्ञ शान्तीराम राई र एरेन्जर किरण कंडेल रहेका छन् । दोस्रो गीत सधै तिमी मुस्कुराउनु बोलको गीतलाई मलेशियामा रहेका ब्यापारी, गीतकार बल बहादुर राईले शब्द रचना गर्नु भएको छ । यो गीतलाई सचिन शिंहले संगीत भर्नुको साथै एरेन्ज पनि गरेका छन् ।

तेस्रो गीतको रुपमा रहेको न त लगेउ मलाई साथ बोलको गीतलाई गीतकार देवान चाम्लिङ्गले शब्द रचना गरेका छन् भने, महेश खड्काको संगीत र माहाराज थापाको एरेन्ज रहेको छ । चौथो गीत तिम्रो मनमा के छ गीत
लाई भने शंकर अधिकारी घायलले शब्द रचना गरेका छन् भने, महेश खड्काले संगीतमा डेब्यु गरेका छन् । यो गीतलाई नोर्वु शेर्पाले एरेन्ज गरेका छन् ।

पाँचौ एल्बम सम्मको सफलता र स्रोताहरुको अपार मायाले गर्दा छैटौ एल्बम बजारमा ल्याउन लागेको गायक रुपकुमार राईले सूचना खबरलाई जानकारी दिए । एल्बममा रहेको चर्चा बोलको गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारी र जीवन भट्टराईले सशक्त अभिनय गरेका छन् भने निर्देशन अर्जुन अधिकारीले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *