गायिका आभा मुकारुङ्ग अभिनय तर्फ “तिम्रो आँखाबाट” बोलको गीतमा गरिन् अभिनय (भिडियो सहित)

काठमाडौ ९ कातिक- गायिका आभा मुकारुङ्गको नयाँ गीत “तिम्रो आँखाबाट” सार्वजनिक भएको छ । धेरै नै चर्चित गीतहरु बजारमा ल्याई सकेकी आभा मुकारुङ्गको यो गीत “सौम्या” गीति एल्बममा समेटिएको छ ।
मन्जुल नेपालको शब्द रचना रहेको यो गीतलाई गणेश रशिकले संगीत गरेका हुन् भने फडिन्द्र राईले एरेन्ज गरेका छन् ।

यो गीतको म्युजिक भिडियो पनि बनेको छ । यो गीतको म्युजिक भिडियोमा गायिका आभा मुकारुङ्ग आफै देखिएकी छन् । गायिका आफैले अभिनय गरेको यो गीतको म्युजिक भिडियोलाई अनिल कटुवालले भिडियोको सम्पूर्ण काम गरेका हुन् ।
यो गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *