गायिका खुशीको “आउन आउ परदेशी”सार्वजनिक

काठमाडौ २६ असार-गायिका खुशी थुलुङ्ग राईको नयाँ गीत सार्वजनिक भएको छ । गायिका खुशीको आवाजमा रहेको ‘आउन आउ परदेशी’ बोलको गीत सार्वजनिक भएको हो ।

गायिका खुशीको यो भन्दा अगाडी थुप्रै गीतहरु रेकर्ड भई सकेको छ । प्रकाश थुलुङ्गको शब्द रचनालाई मन थुलुङ्गले संगीत भरेका छन् । उक्त गीतको म्यूजिक भिडि पनि बनेको छ ।

यो गीतको म्युजिक भिडियोमा मन थुलुङ्ग र दीपा तामाङले अभिनय गरेका छन् । परदेशीएको आफ्नो प्रेमीलाई पर्खिदाको पिडा यो गीतको म्युजिक भिडियोमा देख्न सकिन्छ ।

ओम प्रशाईको सम्पादन रहेको उक्त म्युजिक भिडियोलाई स्वीकारले छायांकन र निर्देशन गरेका छन् ।

म्युजिक भिडियो हेर्नलाई यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *