गायिका सिमा शाहको”सिमा २” गीति एल्बम सार्वजनिक (भिडियो सहित)

काठमाडौ १४ चैत्र,गायिका सिमा शाहले “सिमा २” गीति एल्बम लिएर बजारमा आएकी छिन् । संगीत जिवनका लागि साधना मेरुदण्ड हो,साधना विना संगीत जिवनको कल्पना समेत गर्न नसकिने बताउदै आएकी गायिका सिमाले वि.सं. २०६० सालमा “कसरी बोलाउँ मायालु तिमीलाई” बोलको गीत गाएर संगीत यात्रा आरम्भ गरेकी थिईन् । आफ्नो व्यक्तिगत समस्याका कारण साधना गर्न नपाउदा समयको लामो अन्तराल सम्म नयाँ गीतहरु रेकर्ड गर्न सकिनन् ।

रत्नबहादुर खड्गीको संगीत र राम भट्टराईका शब्दहरुमा २०६० सालमा पहिलो पटक आवाज भरेकी तिनै गायिका सीमा शाहले फेरी संगीत साधनालाई निरन्तरता दिदैं २०६८ सालमा “सीमा” नामको एल्बम बजारमा ल्याएकी थिईन् । त्यसपछि भने उनले आजसम्म पछि फर्केर हेर्नुपरेको छैन । विभिन्न सांगीतिक कार्यक्रम,मेला महोत्सवमा अहिले उनको माग बढ्दो छ । अहिले उनि निरन्तर साधना गर्छिन् र संगीतको औपचारिक शिक्षा पनि लिईरहेकि छिन् । तारा देवि र आशा भोस्लेको आवाजबाट प्रभावित भएर यो क्षेत्रमा लागेको उनलाई सफल गायिका बनेर स्थापित हुने ठुलो ईच्छा छ । पहिलो एल्बमपछि दुई दर्जन फुटकर गीतहरुमा आवाज भरेकी सीमाले ” सीमा २” लीएर बजारमा आएकि हुन् ।

एल्बममा सातवटा गीत समावेस गरिएको छ । जसमा “फुल हुँ म डाली डाली” “मेरो हर श्वासमा” “कसमै तोडी जानेलाई’ “भुलुँ कसरी” “किन जुधे आँखा भन्थें” “अल्झिदा एकैछिन्” बोलका गीतहरु समावेस गरिएको छ । सन्तोष पोख्रेल,सारिका घिमिरे,समीर राई,शंकर श्रेष्ठ,लय संग्रौला,अशोक महर्जन,ललित कुवँर लगायतका सर्जकहरुको शब्द रहेको एल्बममा बिक्रम थापा, करनराज कार्की,शंकर श्रेष्ठ,अशोक महर्जन,राम थापा र रत्नबहादुर खड्गीले संगीत भरेका छन् ।

“सिमा २” गीति एल्बममा रहेको “कसमै तोडि जानेलाई” बोलको म्युजिक भिडियो हेर्न यहाँ क्लिक हर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *