गीतकार तथा कबि टिका चाम्लिङ्ग १ लाख १ रुपैयाँ नगद प्रतिभा पुरस्कार बाट पुरस्कृत

nepali pratibha prtishthanईन्द्र जिजीबिषा-पौष २७ काठमाडौ, गीतकार तथा कबि टिका चाम्लिङ्ग १ लाख १ रुपैयाँ नगद प्रतिभा पुरस्कार बाट पुरस्कृत भएका छन् । नेपाल प्रतिभा प्रतिष्ठान वेलायतले काठमाडौको बागबजार स्थित सीटी म्याक्सको हलमा एक कार्यक्रम गरेर टिका चाम्लिङ्गलाई टोपी र खादा ओढाएर ताम्र पत्र सहितको १ लाख १ रुपैयाँ पुरस्कार राशिले पुरस्कृत गरेको हो ।

प्रतिष्ठानले,साहित्यिक योगदानको लागि वरिष्ठ कथाकार भागीरथी श्रेष्ठलाई ताम्र पत्र सहित २० हजार नगद राशिको पुरस्कारले सम्मान गरेको छ । डायस्पोरामा मुलुक बाहिर वेलायतमा एउटा सक्रिय संस्था हो नेपाली प्रतिभा प्रतिष्ठान ।
प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति बैरागी काइँला द्वारा पानसमा बती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै पुर्व कुलपति बैरागी काइँलाले नेपाली भाषा,संस्कार,कला र साहित्यको हाँगा फाटेर गए पनि जरा त यहि नेपालमा रहेको बताए । त्यसैले हरेक बर्ष नेपाली प्रतिभा प्रतिष्ठान वेलायतले यो पुरस्कार वितरण गर्ने गरेको उल्लेख गरे । यसपटकको पुरस्कार विजेता टिका चाम्लिङ्गले अझ राम्रो सृजना गर्न यो पुरस्कारले प्रोत्साहन पुगोस भनेर शुभकामना पनि दिए ।

कार्यक्रमको सभा अध्यक्ष एवं: साहित्यकार रक्षा राईले वेलायतमा रहेका नेपाली साहित्यिक मनहरुले एक-एक पाउण्ड रकम जम्मा गरेर यो पुरस्कारको अक्षय कोष निर्माण गरेको बताए । यसैगरी कथाकार माया ठकुरीले पुरस्कृत टिका चाम्लिङ्ग र भागीरथी श्रेष्ठ बारे प्रकाश पारेकी थिइन् ।

वरिष्ठ गीतकार एवं: कबि भुपाल राईले पुरस्कृत टिका चाम्लिङ्ग बारेमा प्रकाश पार्दै कबि तथा गीतकार टिका चाम्लिङ्गले आमालाई प्रतिविम्व बनाएर आफ्नो सृजना गर्ने गरेको बताए । यसैगरी पुरस्कृत स्रष्टा टिका चाम्लिङ्ग र भागीरथी श्रेष्ठले आ-आफ्नो अनुभूति सुनाएका थिए, भने कार्यक्रममा भारतको आसाम बाट आएका कबि तथा गायक लोहित गोगोईले आफ्नो गीति कबिता वाचन गरेर सुनाएका थिए ।

कार्यक्रममा गायिका आभा मुकारुङ्गले गीत गएकी थिइन् भने, पुरस्कृत स्रष्टा टिका चाम्लिङ्गले आफ्नो कबिता वाचन पनि गरेका थिए । संस्थाको गतिविधि माथि नेपाली प्रतिभा प्रतिष्ठानका महासचिव मिजास तेम्बेले प्रकाश पारेका थिए ।

साहित्यकार रक्षा राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व कुलपति बैरागी काइँला, भुपाल राई, जसराज किराँती,माया ठकुरी,लोहित गोगोई,मोमिला, बीबी अनुरागी,लगायत विभिन्न बुद्धिजिबी, कलाकार, संगीतकार,साहित्यकार,पत्रकार र सर्वसाधरणको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *