गीतकार प्रमोद श्रेष्ठको देशभक्तिले ओतप्रोत गीत सार्वजानिक ( भिडियो सहित)

काठमाडौ- “फूल्छ फूल ऊ हागाँले नै राम्रो” गीतबाट एकाएक चर्चामा आएका खोटाङका युवा गीतकार प्रमोद श्रेष्ठको राष्ट्रिय गीत बजारमा आएको छ । गत असोजमा “गाईदेउन गीत ए कान्छा” गीतको म्युजिक भिडियो बजारमा ल्याएका गीतकार श्रेष्ठले देशभक्तिले ओतप्रोत राष्ट्रिय भावको गीत बजारमा ल्याएका हुन् ।

गीतकार श्रेष्ठको भर्खरै सार्वजानिक भएको ‘हामी सबै उस्तै उस्तै’ बोलको गीतमा केदार अनुरागी र सुस्मिता राईको स्वर रहेको छ । आईतबार सार्वजनिक गरिएको गीतमा भक्त विश्वकर्माले संगीत गरेका छन् भने मनोहर सुनामले एरेन्ज गरेका हुन् । संगीतकार भक्त विश्वकर्मा उनि आफैमा एक शारीरिक अपाङ्गता भएका व्याक्ति हुन् भने गायिका सुस्मिता राई पनि एक उदयीमान गायिका हुन् । पछिल्लो समयमा निक्कै राम्रा राम्रा गीतहरु बजारमा ल्याएका युवा गीतकार तथा साहित्यकार श्रेष्ठको गीतहरुले बजारमा राम्रो चर्चा पाउने गरेको छ ।

भर्खरै सार्वजानिक भएको गीतको लिप सिङ्ग भिडियोमा छायांकन, सम्पादन,निर्देशन सन्तोष तुम्बाहाम्फेले गरेका छन् ।

गीत यहाँ सुन्न सक्नु हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *