गीतकार सुमित्रा अश्रुधाराको “स्नेहा” एल्बम बाट “चोटै-चोट दिलाउने” गीतको म्युजिक भिडियो बजारमा

काठमाडौ ४ जेठ-गीतकार सुमित्रा अश्रुधाराको “स्नेहा” एल्बममा रहेको “चोटै चोट दिलाउने बैगुनिलाई चिन्न सकिन” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुमित्रा अश्रुधाराले पछिल्लो समयमा कविता संग-सगै गीतहरुमा आफ्नो कलम चलाउदै आएकी छिन् ।

“बतासको स्पर्शनी तिमीले नै चुमेजस्तो” गीतबाट सबैको मनमा बस्न सफल गीतकार सुमित्रा अश्रुधारा गीत लेखनमा स्थापित हुदै छिन् । हरेक विधाको गीतहरु लेख्न सक्ने खुबी भएकी गीतकार सुमित्रा अश्रुधाराको “चोटै चोट दिलाउने बैगुनिलाइ चिन्न सकिन” बोलको गीत अहिलेकी चर्चित गायिका मेलिना राईको स्वरमा रेकर्ड भएको छ भने यो गीतलाई मन थुलुङले संगीत गरेका छन् ।

“चोटी चोट दिलाउने” बोलको म्युजिक भिडियोमा चिरन ऋतु र सुस्माले अभिनय गरेका छन् । हाङ चेम्जोङले निर्माण र निर्देशन गरेको यो म्युजिक भिडियोलाई कोरियाको विभिन्न स्थानहरुमा छायांकन गरिएको छ । चिरनको यो डेब्यु हो म्युजिक भिडियो हो भने, राजकुमारी तथा सुस्मा भने यो भन्दा अगाडी पनि केही म्युजिक भिडियोहरुमा देखिसकेका छन् । यो गीतको म्युजिक भिडियोलाई बिपी याम्फुले सम्पादन गरेका छन् ।

यो गीतको म्युजिक भिडियो हेर्नलाई यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *