गीत संगीत तालमा बाढीको पीडा भुले माहाभाराबासीले

दमक २० असोज- झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ मा पर्ने माहाभाराको भन्सार बजारमा बिहीबार दशैंलाई विदाई गर्दै तिहार तथा छैठ पर्वको स्वागतमा बृहत साँस्कृतिक तथा सम्मान कार्यक्रम भएको छ ।

स्थानीय द हन्टर यूवा समुहले राष्ट्रिय कलाकारहरुका अतिरिक्त स्थानीय लोपोन्मुख सन्थाल जातीको परम्परागत नृत्यका साथ बजार स्थापनाका लागि जग्गा दान गरेका दाताहरुलाई सम्मान समेत गरेका थिए । सो अवसरमा भन्सार बजार स्थापनाका लागि करीब २२ बर्ष अघि निशुल्क जग्गा प्रदान गर्ने जग्गा दाता यामबहादुर साम्सोहाङ लिम्बु , हर्कमाया लिम्बु र कपिलमणी ( काँशीराम ) पौडेललाई सम्मान गरेको हो । हर्कमायाको परिवारका तर्फबाट नातेदार चन्द्रबहादुर साम्सोहाङले सम्मान पत्र ग्रहण गरेकी थिइन ।

गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल उद्योग व्यवसायी महासंंघ प्रदेश नम्बर १ का संयोजक तथा राजनीतिक सामाजिक व्यक्तित्व एलपी साँवाको विशिष्ट आतिथ्य रहेको थियो । त्यस्तै दलित सञ्जाल झापाका सचिव सुशील बराईलीको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा बुटबल आईडल एन्जिला रेग्मी, इसक राई र केवी राईसहित स्थानीय कलकारहरुको प्रस्तुति रहेको थियो भने सदाबहार सांगितिक समुह शिवसताक्षीका दिपक तामाङ नेतृत्वको टोलीले नृत्य र हाँस्यव्यङग्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएको थियो। अन्तिम प्रस्तुतिको रुपमा गायक रेवत राई जब मत सोह् बर्से ठिटो मंचमा उक्लिए तब एउटै गीत पटक पटक गाउन आग्रह आइ रह्यो।गायक रेवत राईले सोल्टिनी लाई,कुइक माया कुईक,गलत बाटो,नो नो नो डाउट,आपाको छोरी,तिम्रो घरको लगायत एक दर्जन गीत प्रस्तुत गरे।

सो अवसरमा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष श्रेष्ठले सो गाउँपालिकामा गत श्रावणको अन्तिम साता आएको खोला नदीको बाढीबाट पीडितहरुलाई साँस्कृतिक कार्यक्रमको माध्यमबाट पीडा सहन गर्ने शक्ति मिलेको बताए ।

विशिष्ट अतिथी साँवाले स्थानीय विकासका लागि जनप्रतिनिधिको प्रमुख भुमिका हुने चर्चा गर्दै जनप्रतिनिधिको पहल र स्थानीयबासीको सक्रिय सहयोगबाट नै विकासले मुहार फेर्ने बताए । त्यस अवसरमा गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापा र वडा नं १ का वडाध्यक्ष कार्तिकलाल राजवशींं र स्थानीय राजनीतिक तथा सामाजिक व्यक्तित्व विद्यानन्दसिं राजवशींले पनि शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संयोजक विष्णु पौडेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव टंकमणी राईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *