गुम्बा विहार संघर्ष समितिद्धारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौ १४ भदौ – भूकम्पबाट क्षतिग्रस्त भएका गुम्बा, विहार तथा निजी आवास पुर्ननिर्माण संघर्ष समितिले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

रिपोर्टर्स क्लब नेपालमा भूकम्प प्रभावित गुम्बा विहार संघर्ष समितिले पत्रकार सम्मेलन गरेर आफ्ना मागहरु प्रति सरकार गम्भिर नभएको भन्दै दोस्रो चरणको आनदोलन घोषणा गरेको हो ।

संघर्ष समितिका संयोजक सानुबाबु लामाले दोस्रो चरणको आन्दोलनबाट सरकारलाई भूकम्पबाट प्रभावित गुम्बा विहारहरुको पूर्ननिर्माण गर्न बाध्य बनाउने चेतावनी दिए । उनले भने,‘हामीले दोस्रो चरणको आन्दोलन घोषणा गरी सकेका छौ, सरकार हाम्रा मागहरुप्रति गम्भिर हुनुपर्छ, यदि समयमै सरकार गम्भिर भएन भने, जिल्ला प्रशासन प्रमुख र सम्वन्धित पक्षलाई कालोमोस दल्नेसम्मका कार्यक्रम हुनेछन् ।’

त्यस्तै समितिका सह–संयोजक सोम्वाले तामाङ ‘अक्कल’ले सरकारले दोस्रो चरणको आन्दोलनलाई बेवस्ता गरे यो भन्दा कडा आन्दोलन थालेर सरकारलाई झुकाई छाड्ने चेतावनी दिए । उनले भने,‘हाम्रो पहिलो चरणको आन्दोलनबाट मागहरु सम्बोधन भएनन्, सरकारसँगको वार्ताले कुनै पनि निष्कर्ष निकालेन त्यसैले हामीले दोस्रो चरणको आन्दोलनमा उत्रनु प¥यो ।’

घोषित आन्दोलनको कार्यक्रमहरुमा प्रधानमन्त्री कार्यलयलाई ज्ञापन पत्र बुझाउने, भूकम्प प्रभावित २५ वटा जिल्लामा जिल्ला प्रशासन कार्यलयलाई ज्ञापन पत्र बुझाउने लगायतको रहेको छ । अक्कलले यदि आफूहरुको माग सुनवाई नभए र ९९३ प्रभावित गुम्बालाई पूर्ननिर्माणको लागि जम्मा भएको ९ सय करोड वजेटको उचित प्रयोग भएन भने आम हड्तालमा उत्रिने चेतावनी दिए ।

त्यस्तै कार्यक्रममा पत्रकार ऋषि धमलाले भूकम्पबाट प्रभावित गुम्बा विहारहरुको पूर्ननिर्माणको लागि पूर्ननिर्माण प्राधिकरणसँग पहल गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । उनले भने,‘भूकम्प गएको यत्रो वर्ष वितिसक्दा पनि सरकारले पूर्ननिर्माणको काम भएको छैन, प्राधिकारणका सिईओ डा.गोविन्द पोखरेलसँग पनि छलफल गर्छु, यसका बारेमा सरकार र सबै राजनीतिक दलहरुसँग पनि वृहत वहस गर्छु।’

तामाङ बौद्ध महासंघ नेपालका केन्द्रीय सचिव टेकराज मोक्तानले एनआरएन र विदेशीदाताहरुबाट गुम्बा विहार पूर्ननिर्माण सहयोगको लागि आएको रकमलाई गुम्बा विहार पूर्ननिर्माणमा उचित उपभोग गर्नको लागि सरकारलाई दबाब दिन दोस्रो चरणको आन्दोलन घोषणा गरेको बताए । उनले भने‘सरकारले धार्मिक क्षेत्रलाई समान ढंगले पूर्ननिर्माण गर्नुपर्छ, ९९३ गुम्बा भूकम्पबाट प्रभावित छन्,ति गुम्बाको नाममा विनियोजित रकम यर्थाशिघ्र निर्माण समितिसम्म पुगाउनको लागि सरकारसँग माग गर्दछु।’

धर्मगुरु तथा संघर्ष समितिका कोषाध्यक्ष सोलुखुम्बुका फुरी सेर्पाले ९९३ वटा गुम्बा र विहारको पूर्ननिर्माण गर्नको लागि छुट्याएको वजेट जस्ताको त्यस्तै लागु हुनुपर्ने माग गरे ।

आन्दोलन परिचालन समिति सचिव निमा हेल्मुले २०७२ बैशाख १२ र २९ गतेको भूकम्पबाट प्रभावित बनेका गुम्बा र आवासहरुको पूर्ननिर्माणको जिम्मा लिएको पूर्ननिर्माण प्राधिकरणको नियम अत्यन्तै जटिल असहज र अवैज्ञानिक भएको आरोप लगाए। उनले भने,‘स्वयम जनताले ऋढा, धन साधन स्रोतद्धारा निर्मित आवासहरुलाई प्राधिकरणले मान्यता दिनुपर्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *