गृहमन्त्री शर्माले भने स्थानीय तहको निर्वाचनसँगै मुलुकमा समृद्धि

काठमाडौँ १६ असार   पूर्व सांसद मंच, नेपालले काठमाडौंमा  आज आयोजना गरेको ५९ औँ संसद दिवस समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री जनार्दन शर्माले स्थानीय तहको निर्वाचनसँगै मुलुकमा समृद्धि र देश विकासको आधार तयार भएको बताएका छन् ।
त्यस अवसरमा गृहमन्त्री शर्माले राष्ट्र निर्माणका लागि पूर्व सांसदहरुको पनि भूमिका महत्वपूर्ण हुने पनि उल्लेख गरे । उनले भर्खरै सम्पन भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा जनताको आतुरीपन,उत्साहपूर्ण साथ सहभागी भएको देखियो  ।

गृहमन्त्री शर्माले आगामी माघ भित्र हुने तीन वटै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध  र जिम्मेवारीपूर्ण रहेको समेत उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *