गोपाल खड्कालाई पदच्यूत गर्ने निर्णय

काठमाडौ २ असोज-सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदच्यूत गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई अनियमितामा संलग्न भएको भन्दै पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो। अापूर्ती मन्त्री शिवकुमार मण्डलले मन्त्रिपरिषदमा खड्कालाई पदच्युत गर्ने प्रस्ताव लागेका थिए ।

मन्त्री शिव कुमार मण्डलले लगेको प्रस्तावमा खड्काले निगमका लागि जग्गा खरिद गर्दा अनियमिता गरेको निगमभित्र गुटबन्दी गरेको र सरकारलार्इ असहयोग गरेको उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *