ग्रीन ईण्टरनेशनल क्लबले १७ हजार आर्थिक सहयोग गरेर कल्पना बचाउँ अभियानमा जुट्यो

glandममता राई-काठमाडौ ९ जेठ- सुन्सरी जिल्ला निवासी बिर्त्न राईको छोरी कल्पना राई २०७० साल बाट ग्लाण्डको(लेम्फोमा) बिरामी थिए । ग्लाण्ड मानिसहरुमा हुने ग्रन्थि हो । र्याल,पसिना, वा आँसु बाट पर्न जाने असर वा, महिलाहरुको स्तनपानमा उत्पन्न हुने विभिन्न कारणले पनि ग्लाण्ड सम्बन्धि रोग हुने गर्दछ ।

ग्लाण्ड मानिसहरुलाई लाग्ने रोगहरुको प्रतिरक्षा प्रणालिमा पनि असर पार्ने गर्दछ  । सुरुमा यो सामान्यतया गलफुलो जस्तो भएर आउने र यो बेलैमा उपचार नगरे क्यान्सर हुने गर्दछ ।

कल्पना राईलाई धरानको घोपा हस्पिटलमा लामो समय सम्म राखेर उपचार गर्दा पनि रोग पत्ता नलागे पछि काठमाडौंको छाउनी हस्पिटलमा चेक जांच गर्दा यो रोग पत्ता लागेको थियो । पहिला सिनामंगलको नोवेल हस्पिटलमा यो रोगको उपचार भएको थाहा भएपछि अहिले नोवेल हस्पिटलमा राखिएको छ ।

अहिले उनको अप्रेसन गर्नको लागी अस्पताल स्रोतको अनुसार १२ लाख लाग्ने बताईएको छ । अहिले ग्रीन ईण्टरनेशनल क्लबको संयोजकत्वमा बिरामी कल्पना राईलाई १७ हजार आर्थिक सहयोग पनि गरेको छ ।

अहिले कल्पना राई किमो लिदै चक्रपथमा आफ्नो दिदी संग बस्दै आएकी छिन् । यो रोग प्रत्यक हजार जनामा पांच जानलाई लाग्ने गरेको पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *