घुस लिँदै गर्दा मालपोत कार्यालय भक्तपुर बाट दुई कर्मचारीसहित तीनजना पक्राउ

फागुन १२ भक्तपुर, घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला मालपोत कार्यालय भक्तपुर बाट दुई कर्मचारीसहित तीनजनालाई पक्रेको छ ।

पक्राउ पर्नेमा मालपोत कार्यालय भक्तपुरका नायव सुब्बा ऋषिराम बुढाथोकी, कार्यालय सहयोगी केशबबहादुर खत्री र लेखापढी व्यवसायी विष्णुहरि न्हिुसुतूलाई नगदसहित पक्राउ गरेको छ ।

मालपोत कार्यालय अगाडिको खाजा पसलमा सेवाग्राहीसँग ६ लाख १४ हजार रुपैयाँ घुस लिँदै गर्दा एक सातादेखि निगरानीमा रहेका अख्तियारको टोलीले बुधबार कार्यालय समय पछि घुस लिँदै गरेको रकमसहित नियन्त्रणमा लिएको हो ।

मालपोत कार्यालयका प्रमुख कमल तिमिल्सिना र महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी निरीक्षक राजकुमार सिलवालको रोहवरमा अख्तियारले नासु बुढाथोकी, कार्यालय सहयोगी खत्री र लेखापढी व्यवसायी न्हिुसुतूलाई नियन्त्रणमा लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *