चलचित्र कलाकार संघको बार्षिक प्रगती विवरण सार्वजनिक गर्दै १५ औं साधारणसभा सम्पन्न

चैत्र १ काठमाडौ,नेपाल चलचित्र कलाकार संघले बार्षिक प्रगती विवरण सार्वजनिक गर्दै आफ्नो १५ औं साधारणसभा सम्पन्न गरेको छ । चलचित्र र चलचित्रसँग जोडिएका कलाकर्मीको पक्षमा आफ्नो कार्यकालमा भएका प्रगती विवरणहरू सार्वजनिक गर्दै अध्यक्ष राम केशर बोगोटीले आफ्नै कार्यकालमा संघको आफ्नै भवन बनाई छाड्ने प्रतिवद्धता गरे ।

कार्यक्रममा चलचित्र क्षेत्रमा योगदान दिँदै आएका विभिन्न चलचित्रकर्मी तथा सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । चलचित्र कलाकार संघ पुरस्कार २०७३ बाट उपाध्यक्ष समेत रहेकी विशिष्ट अभिनेत्री लक्ष्मी गिरी सम्मानित भईन भने शान्ति मास्के पुरस्कारबाट अभिनेता पुरन जोशीले सम्मान पाए ।

यस्तै चलचित्र कलाकार संघ विशेष सम्मानबाट हाँस्य अभिनेता सिताराम कट्टेल धुर्मुस र अभिनेत्री कुञ्जना घिमिरे सम्मानित भए । सोहि सम्मान विश्वका कान्छा निर्देशक सौगात विष्टलाई पनि प्रदान गरियो ।

कलाकार संघ पत्रकारिता सम्मानबाट प्रकाश सुवेदी, अशोकप्यासी राई र विष्णु सुवेदी सम्मानित भए भने चलचित्र कलाकार संघ सेवा सम्मानबाट संघका उपाध्यक्ष सानुकुमार ताम्राकार र सह कोषाध्यक्ष सुनिल कटुवाल सम्मानित भए । नव प्रतिभा प्रोत्साहन सम्मान भने,अभिनेत्री वर्षा राउतलाई प्रदान गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *