चलचित्र कारखानाको सुटिङमा व्यस्त छु: मौसमी मल्ल

mausami mallaचितवनको भरतपुरमा फ्रेबवरी ११ मा जन्मिएर, बाल्यकाल त्यहीँ बिताएकी मौसमी मल्ल नेपाली चलचित्र क्षेत्रको पर्यायवाची नाम हो । चलचित्र कान्छीमा बालकलाकारको भूमिका बाट सुरुवात गरेकी मौसमी मल्लले आज सम्म १०० भन्दा बढी चलचित्रमा आफ्नो जीवन्त अभिनय गरि सकेकी छिन् । चलचित्रको रंगीन दुनियाँमा मौसमी मल्ल भनेर चिनिए पनि, उनको वास्तविक नाम भने विष्णु ठकुरी हो । आर्मी परिवारमा जन्मिएकी मौसमी मल्ल, कलाकार नभएकी भए उनी खेलाडी हुन्थिन् । स्कुले जीवनमा एथलेटिक्स खेल्ने मौसमी मल्ल, हिरोईन बन्छु भन्ने सोचेकी थिइनन् । चितवन बाट केही समय पोखरा बसाइँ सरिन । पोखरा बाट काठमाडौ आए पछि पद्मकन्या क्याम्पसमा पढ्न सुरु गरिन । यहिबेला, नीर शाहको चलचित्र पच्चिस बसन्तमा काम गरिन । त्यसपछि भाग्यरेखा, तिलहरी, भुमरी, सम्पती, जन्मभूमि, देउकी जस्ता दर्जनौ हिट फिल्महरुमा काम गरिन । पारिवारिक केही समस्य पछाडि, उनी बेल्जियम गएर चार बर्ष बसिन । बेल्जियमको बसाई पछाडि नेपाल फर्किएर नेपाली चलचित्र ‘गिरफ्तार‘ को निर्माण गरिन । चलचित्र ‘समय‘ पनि उनको आफ्नै होम प्रोडक्सन बाट निर्माण भएको चलचित्र हो ।
उनी नेपाली चलचित्र क्षेत्रको खारिएकी अनुभवी कलाकार हुन् । उमेर र समयले,बिस्तारै पछाडि धकेल्दै गए पनि सुन्दरताले भने उनलाई पछ्याईरहेकै छ । सायद त्यसैले होला, दशैको चहलपहल बढे पनि उनी सुटिङमै व्यस्त छिन् । यसपालिको दशै चितवनमा मनाउने सुरमा रहेकी मौसमी मल्ल, महिला चलचित्र कर्मी मन्चको अध्यक्ष पनि हुन् । उनै व्यस्त सुन्दरी नायिका मौसमी मल्ल संग सुचना खबरको लागि ईन्द्र जिजीबिषाले गरेको कुराकानी ।

सुटिङ्गमा ब्यस्त हुनुहुदो रहेछ, यो कस्तो चलचित्र हो ? यसमा तपाईको भूमिका के छ ?
हजुर, म चलचित्र कारखानाको सुटिङमा व्यस्त छु । यो पारिवारिक चलचित्र हो । यसमा मेरो प्रमुख भूमिका छ ।

अब त दशैँ लाग्यो तपाइँ काठमाडौ बाहिर नै हुनु हुन्छ, दशैँ मनाउनु हुन्न ?

सुटिङले गर्दा बाहिर नै छु । काठमाडौ आउने फुर्सद मिलेन । त्यसैले यसपालिको दशै चितवनमै मनाउछु । मेरो परिवार पनि चितवनमै छन् ।

देउकी जस्तो सुपर हिट चलचित्र आज पनि मान्छेहरुले सम्झी रहेका छन् | त्यो बेला अभिनय गर्दा र आज कति अन्तर छ ?
एउटा कलाकारको लागि कुनै पनि रोल चुनौतीपूर्ण नै हुन्छ । त्यो रोललाई कलाकारले न्याय दिनु सक्नु पर्छ । त्यसैले हिजो होस या आज, एउटा कलाकारको लागि उतिकै जिम्मेवारी हुन्छ । प्रविधि नयाँ आउन सक्छ तर कलाकारको लागि अभिनय चुनौतीपूर्ण नै हुन्छ ।
नेपालि चलचित्र क्षेत्रमा कसरि प्रबेस गर्नु भयो ?
नेपाली चलचित्र क्षेत्रमा म बालकलाकारको भूमिका बाट प्रवेश गरेकी हुँ ।

आफ्नो होम प्रोडक्सनमा अभिनय गर्नु र अरुकोमा काम गर्नु, कुन सजिलो हो ?
काम त जता गरेपनि काम नै हो । तर अरुकोमा गर्न केही सजिलो हुन्छ । आफ्नो प्रोडक्सनमा सबै जिम्मेवारी आफै बोक्नु पर्छ । त्यसैले भार बढी हुने गर्छ ।

नेपालि चलचित्र क्षेत्रमा नायिकाहरुले यौन हिंग्सा सहनु पर्छ भन्छ नि, तपाईलाई कस्तो लाग्छ ?
म महिला चलचित्र कर्मी मन्चको अध्यक्ष पनि छु । आज सम्म त्यस्तो केस आएको छैन । मैले पनि जिन्दगीमा त्यस्तो भोगिन ।

आज सम्म कति वटा चलचित्रमा अभिनय गरि सक्नु भयो ? र अब कहिले सम्म यो क्षेत्रमा काम गर्नु हुन्छ ?
आज सम्ममा एक सय भन्दा धेरै चलचित्रमा काम गरिसकेकी छु । म कलाकार भएको हुनाले, हिजो थिएँ, आज छु र भोलि पनि रहने छु ।

अब तत्कालै तपाइको कुन चलचित्र बजारमा आउने वाला छ ?
अब तत्कालै मेरो दुई वटा चलचित्र कुण्ठा र कारखाना आउदै छ ।

तपाइँको बाल्यकाल कहा र कसरि बित्यो ? के तपाइँलाई याद छ ?
म आर्मी परिवारमा जन्मी हुर्किकी हुँ । सानोमा म कलाकारीता भन्दा खेलकुद क्षेत्र मन पराउथे। तर म नाच्न चाहिँ सानै नाच्थेँ । अरु त बाल्यकाल स्कुल जाने आउने, रमाइलो संग बित्यो । आज त्यो दिनहरुलाई धेरै मिस गर्छु । तर के गर्नु ? त्यो अबोध बालापन फेरि फर्केर आउन सक्दैन ।

मौसमी मल्लको परेलिले झिम झिम गर्दा भिडियो 

Leave a Reply

Your email address will not be published. Required fields are marked *