चलचित्र निर्देशकको रुपमा डेब्यु गर्ने नायिका सुस्मिता केसीको नयाँ चलचित्र भदौ बाट छायांकन

ईन्द्र जिजीबिषा-काठमाडौ १७ चैत्र,नायिका सुस्मिता केसी चलचित्र क्षेत्रमा निर्देशकको रुपमा डेब्यु गर्ने भएकी छिन् । नायिका सुस्मिता केसीले निर्देशन गर्ने चलचित्रको लागी बिहीबार राजधानीको एक स्टुडियोमा चलचित्रको गीत रेकर्ड गराएकी छिन् ।

अहिलेका चर्चित संगीतकार राजनराज शिवाकोटीले उक्त फिल्मको गीतमा संगीत भरेका छन् । स्टुडियो बाटै नायिका सुस्मिता केसीले सूचना खबर संग उक्त जानकारी गराएकी हुन् ।

नायिका सुस्मिता केसीले निर्देशन गर्न लागेकी चलचित्रको नाम भने अहिले सार्वजनिक नगर्ने बताए पनि उक्त चलचित्र भदौबाट छायांकन सुरु गरिने सुस्मिताले जनाएकी छिन् । अहिलेका चल्तीका नायक अनमोल केसीको आमा नायिका सुस्मिताले आफ्नो छोरो अनमोल आगामी निर्देशन गर्न लागेको आफ्नो चलचित्रमा रहने वा नरहने त्यो खुलाईनन् ।

नायिका सुस्मिता केसीले निर्देशन गर्ने चलचित्रलाई सौरभ लामाले छायांकन गर्ने छन् । हिमाल केसी द्धन्द्ध निर्देशक र कविराज गहतराजरामजी लामिछाने नृत्य निर्देशकको रुपमा रहने नायिका सुस्मिता केसीले बताईन् ।

फोटो सौजन्य:- सुस्मिता केसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *