चार देशले निकाले कतार संग जोडिएको आतंकवादीहरुको सूची

काठमाडौँ २६ जेठ- साउदी अरब, युएई, इजिप्ट र बहराईनले कतारसँग सम्बन्ध जोडिएका आतंकवादीको सूचि निकालेका छन् । अतिवादीसँग साँठगाँठ रहेको आरोप लगाउँदै कतारसँग दौत्य सम्बन्ध तोडेका चार अरब देशहरुले कतारसँग जोडिएका ६० भन्दा बढी व्यक्ति र १२ संस्थालाई आफ्ना आतंकवादीको सूचीमा राखेका छन् ।

साउदी अरेबिया, युएई, इजिप्ट र बहराईनले भनेका छन् सूचीमा मुस्लीम ब्रदरहुडका आध्यात्मिक नेता युसेफ अल करादावीको नाम पनि राखिएको छ । साथै, कतार च्यारीटि, इद च्यारिटी लगायतका नाम पनि सूचिमा रहेको बिबिसीले उल्लेख गरेको छ ।

यसअघि इजिप्टले कतारले आफ्ना राजपरिवारका सदस्यलाई इराकमा बन्धक बनाइएपछि मुक्त गर्न एक अर्ब डलर फिरौती तिरेको भन्ने आरोपको छानबिन गर्न राष्ट्रसंघीय सुरक्षा परिषदलाई आग्रह गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *